coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हलेसीमा दीप प्रज्वलन गरी पर्यटकको स्वागत

हलेसीमा दीप प्रज्वलन गर्दै स्थानीय, दिक्तेलमा निर्माण गरिएको भ्रमण वर्षको लोगो अंकित प्रवेशद्धार। तस्बिर:नागरिक

खोटाङ– नेपाल भ्रमण वर्षको अवसरमा खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको छ। भ्रमण वर्षको अवसरमा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी मन्दीरका प्रांगणमा बुधबार साँझ सामूहिकरुपमा दीप प्रज्वलन गर्दै आएका आन्तरिक तथा बाह्य पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो। हलेसीको परिषरमा भिजिट नेपाल २०२० को लोगो बनाएर सोमाथि दिप प्रज्वलन गरिएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बताए।

भ्रमण वर्षको प्रचार–प्रसार गर्दै पर्यटकको आगमनका लागि दीप प्रज्वलन गरिएको र दीप प्रज्वलनकाक्रममा हलेसी आइपुगेका आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिएको हो। अकस्मात स्वागत पाउँदा आन्तरिक तथा बाह्य पर्यटक चकित परेका थिए। ‘भ्रमण वर्षको अवसरमा भिजिट नेपालको लोगो बनाएर त्यसमाथि दीप प्रज्वलन गरियो। सो क्रममा हलसी आएका ५० भन्दा बढि पर्यटकलाई स्वागत गरिएको छ,’ वडाध्यक्ष राईले भने, ‘नेपाल भित्रिएका पर्यटकलाई हलेसीमा आउन निमन्त्रणा स्वरुप दिप प्रज्वलन गर्दै पर्यटकलाई खादा ओढाएर स्वागत गरिएको हो।’

हिन्दु, बौद्ध र किरात धर्मावलम्वीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीमा नेपाल भित्रिएका अधिकांश पर्यटकलाई हलेसी ल्याउन सकिने सम्भावनालाई ध्यानमा राखेर हलेसी महादेवस्थान विकास समिति, वडा कार्यालय, मन्दिर व्यवस्थापन समिति, हलेसी सूचना केन्द्र र पर्यटन सूचना केन्द्रको आयोजनामा हलेसीमा दीप प्रज्वलन गरी पर्यटकलाई स्वागत गरिएको हो।

दिक्तेलको किरातचोकमा प्रवेशद्धार उद्घाटन
यस्तै, भ्रमण वर्षकै अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले दिक्तेलको किरातचोकमा भ्रमण वर्षको लोगो अंकित प्रवेशद्धार उद्घाटन गरेको छ। सडक विभाग तथा नगरपालिकाको लगानीमा निर्माण गरिएको प्रवेशद्धार भ्रमण वर्षको अवसरमा बुधबार मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले डिजिटल ब्यानरको डिस्प्ले अन गरेर उद्घाटन गरेका हुन्। दिक्तेल बजार प्रवेश गर्ने द्धारमा भिजिट नेपाल २०२० को लोगो अंकित गरिएको छ। त्यसमाथि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ।

भ्रमण वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटकलाई नगरपालिकामा भित्र्याउने र भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यकासाथ नगरपालिकाले प्रचारात्मक कार्यक्रम गरेको हो। भ्रमण वर्षको सफल बनाउनका लागि मेयर रिजाल र उपमेयर राईले विभिन्न सवारीसाधनमा नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलहरुको तस्बिर अंकित स्टीकर टाँसेका छन्।

 

प्रकाशित: १७ पुस २०७६ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App