८ वैशाख २०८१ शनिबार
समाज

वडा कार्यालयसहित नौ घरमा चोरी

ओखलढुंगा– सिद्धिचरण नगरपालिका–३ अधेरी नारायणस्थानको वडा कार्यालय र आसपासमा रहेका नौ जना स्थानीयको घर तथा पसलबाट अज्ञात समूहले चोरी गरेको छ। सोमबार मध्यराति वडा कार्यालय र स्थानीयको घर तथा पसलको ढोका फोडेर नगद चोरी भएको हो।

वडा कार्यालयको ढोकाको ताल्चा फोडेरभित्र रहेको काउन्टरको सिसा फुटाई नगद चोरी भएको वडा कार्यालयले जनाएको छ। त्यस्तै स्थानीय शमशेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको राईले बताएका छन्। अन्य पसलहरुबाट पनि ८ देखि १० हजार रुपैयाँ नगद चोरी भएको स्थानीले प्रहरीमा दिएको जाहेरीमा उल्लेख गरिएको छ।  

वडा कार्यलय र स्थानीयसहितको गरि लगभग २ लाख पचार हजार रुपैयाँ चोरी भएको उजुरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा आएको प्रहरी निरीक्षक मिलन बस्नेतले बताए। सोही घटनामा संलग्न भएको आशंकामा गाउँमा तन्नाकपडा बेच्दै हिड्ने दुई जना भारतीय र तीन स्थानीय युवाहरुलाई नियन्त्रणमा लिई सोधपुछपछि छाडिएको प्रहरी निरीक्षक बस्नेतको भनाइ छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १७ पुस २०७६ ०६:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App