८ वैशाख २०८१ शनिबार
कला

जुम्लाको देउडा टोली सुर्खेतमा

जुम्ला - कर्णाली प्रदेशमा नेपाल भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा कर्णालीको कला, संस्कृति प्रस्तुत गर्न जुम्लाको देउडा टोली सुर्खेतमा पुगेको छ। देउडामार्फत कर्णालीको आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक पर्यटनका बारेमा देउडामै प्रस्तुत गरेको थियो।

‘कर्णाली विपन्नताको पर्याय मात्र होइन्, सम्पन्नताको प्रतिक पनि हो’ भन्ने मान्यता स्थापित गर्न देउडा टोलीले गीतमार्फत सन्देश दियो। त्यो सन्देश भ्रमण वर्षमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्नको लागि निकै महत्वपूर्ण रह्यो। कर्णाली देउडा समाजका अध्यक्ष पुर्ण धिताल भ्रमण वर्षको शुभारम्भ कार्यक्रम देउडा कोसेली पस्कन पाउँदा उत्साहित भएको बताउँछन्। उनले भने,‘देउडा समाजको ऐना हो, यो भ्रमण वर्ष आर्थिक समृद्धिको आधार हो, पर्यटन प्रवद्र्धनमार्फत आर्थिक आयआर्जनमा टेवा पुर्याउन देउडा प्रस्तुतीबाटै आग्रह गरियो। ’ आन्तरिक तथा बाह्य पर्यटकलाइ मनोरञ्जन दिने राम्रो संस्कार देउडा नै हुन सक्ने उनले बताए।

देउडामा सहभागी महिलाले परम्परागत पोशाक धोति, चोलो, डौठो र  बालामा सजिएका थिए। पुरुषहरु भेडाको उनको कोटमा दौरा सुरुवाल, उनकै टोपी र काला जुतामा सकिएका थिए। कर्णाली देउडा समाजको टोली हेर्दा साच्चिकै पुर्खाहरुको पहिचान बोलेको देखिन्थ्यो। तर देउडामार्फत निस्किएका बाणीले पर्यटन बर्षको आगमनलाइ स्वागत गर्दै पर्यटनमैत्री संरचना निर्माणमा ध्यान दिन सरकारलाइ खवरदारी गरिरहेका थिए।  कर्णालीमा रारा, फोक्सोण्डु,छायाँनाथ, चन्दननाथ, पचाल झरना,बुलबुले, काक्रेविहार जस्ता मनरोम दृश्य छन्, तर सरकारी नजर नपुग्दा जीर्ण अवस्थामा छन्। देउडाबाटै उनीहरुले पर्यटकमैत्री संरचना र पर्यटकमैत्री व्यवहार हुनु पर्नेमा जोड दिए।

सरकारले पर्यटन आकर्षण गर्ने कार्यक्रम ल्याउनु प¥यो, निजी क्षेत्रले पर्यटकको मनजीत्ने योजना बनाउनु प¥यो,स्थानीयले पर्यटनमैत्री ब्यवहार गनु प¥यो, अध्यक्ष धितालले भने,‘यहाँको कला संस्कृतिले पर्यटकलाइ मख्ख पार्नु प¥यो। यहि नै पर्यटन बर्ष २०२० को उपलब्धी हुनेछ। ’ मध्येपश्चिम तथा सुदुरपश्चिम क्षेत्रको अमुल्य निधि हो देउडा। देउडा संस्कृति पनि पर्यटकलाइ मनोरञ्जन दिने एक प्रकारको साधन हुन सक्ने भएकोले देउडा संरक्षणमा जोड दिन आग्रह गरे। कर्णालीको प्रमुख पर्यटकीय गन्तब्यका रुपमा स्थापित बुलबुलेबाट नेपाल भ्रमण बर्षको शुभारम्भ भएको छ। जुम्लामा प्रत्येक महिनाको एक गते देउडा खेल्ने चलन छ।

सुर्खेतमा प्रत्येक महिनाको एक गते र १५ गते देउडा खेलिन्छ। देउडामा निकै सामान्य बोलीचालीको शब्द प्रयोग हुने भएकोले साक्षर तथा निरक्षण दुबैले सहजै रुपमा बुझ्छन्। अहिले देउडा सन्देश आदानप्रदानको राम्रो माध्यम समेत भएको छ। नेपाल भ्रमण बर्ष शुभारम्भ कार्यक्रममा कर्णालीको देउडा संगै सोरठी , कौँडा,मयूर नाँच प्रस्तुत गरिएको थियो।

प्रकाशित: १७ पुस २०७६ ०५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App