६ वैशाख २०८१ बिहीबार
राजनीति

नेपाल–भारत सम्बन्धको नयाँ अध्याय सुरुः राजदूत रे

भारतीय राजदूत रञ्जित रे।

धादिङ–नेपालका लागि भारतीय राजदूत रन्जित रेले नेपाल–भारत सम्बन्ध कसैले चाहेर पनि विगार्न नसक्ने बताएका छन्। दुईदेशबीचको सम्बन्ध अब नयाँ अध्यायबाट सुरु भएको उनको दाबी छ।

धादिङमा चामभन्ज्याङ खानेपानी परियोजनाको शिल्यान्यास गर्दै राजदूत रेले भने,‘नेपाल–भारत सम्बन्ध अब विकासको माध्यमबाट अघि बढ्छ, यो प्रगाढ सम्बन्धलाई कसैले चाहेरपनि विर्गान सक्दैन्।’ दुईदेशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको  उनको भनाइ छ। राजदूत रेले सम्बन्ध सुदृढका लागि विज्ञ समुहले काम गर्ने बताए। उनका अनुसार छिट्टै दुईदेशबीचको प्रवुद्ध व्यक्ति समुहको बैठक समेत बस्नेछ।
उनले भारत सरकार नेपाललाई आर्थिक रुपमा बलियो भएको हेर्न चाहेको बताए। दुईदेशबीचको ऐतिहासिक सम्बन्ध आगामी दिनमा विकासको एजेण्डाबाट अघि बढ्ने उनको विश्वास छ।

राजदूत रेले नेपाल–भारत सम्बन्ध सामाजिक, साँस्कृति, धार्मिक सबै हिसावले ऐतिहासिक भएको टिप्पणी गरे । उनले भारत नेपालको तिव्र विकास होस भन्ने पक्षमा रहेको बताए। ‘राजनीतिक स्थायित्वसँगै नेपालको तिव्र विकास होस्, हामी यही हेर्न चाहान्छौं,’ उनले भने।
राजदूत रेले नेपालमा महाविनाशकारी भूकम्प आउँदा भारतले आफ्नै देशमा भूकम्प आएको महशुस गर्दै सहयोग गरेको स्मरण गर्दै मित्रतामा कहिलेकाँही सम्बन्ध चिसिएपनि त्यसले झनै मित्रतालाई प्रगाढ बनाउने काम गर्ने दाबी गरे। उनले भारत सरकार नेपालको तिव्र विकासको लागि भौतिक पूर्वाधार, उर्जा, शिक्षा, स्वास्थ्यलगायत खानेपानीमा विशेष सहयोग गर्न तयार रहेको समेत प्रतिबद्धता व्यक्त गरे।

 

प्रकाशित: १८ असार २०७३ १०:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App