८ वैशाख २०८१ शनिबार
राजनीति

सुडानमा अपहरित दुई नेपाली सकुशल मुक्त

काठमाडौं— संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोग (युएनएचसीआर), सुडानमा कार्यरत दुई नेपाली अपहरण मुक्त भएका छन्। हतियारधारी समूहले मंसिर १२ गते शरुन प्रधान, रमेश कार्की तथा सुडानी नागरिक मुसा ओमार मुसालाई अपहरण गरेको थियो। उनीहरुलाई हिजो सोमबार अपहरण मुक्त गरिएको युएचसीआर मुख्यालयले जनाएको छ।

युएनएचसीआर कर्मचारीहरु उनीहरु पश्चिम डार्फरको राजधानी जिनियानाबाट अपहरणमा परेका थिए।

डार्फर हिंसामा अहिलेसम्म ३ लाख मानिसको मृत्यु भइसकेको र २५ लाख विस्थापित भइसकेका छन्। यो हिंसाका लागि अरब समर्थित ओमार अल बसिरलाई जिम्मेवार ठानिँदै आइएको छ। 

युएनएचसीआरले अपहरित आफ्ना कर्मचारी तथा परिवारको गोपनियताको सम्मान गर्न अपिल गरेको छ। उसले सुडानमा आफ्नो कार्य जारी राख्ने समेत जनाएको छ।

प्रकाशित: ५ पुस २०७३ १२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App