७ वैशाख २०८१ शुक्रबार
समाज

कठाङ्ग्रीने चिसोमा आगलागी पीडित

गिरिराज बाँस्कोटा/भगिश्वर लिम्बू

संक्रान्ति (तेह्रथुम)- तेह्रथुम अठराईको प्रमुख व्यापारीक केन्द्र सक्रान्ति चिसो ठाँउ हो। पुषको याम स्वभाविक रुपमै चिसो हुन्छनै, यहाँ फेरी चिसो सिरेटो चल्छ। यहाँ शुक्रवार भएको आगलागीवाट सर्वस्व गुमाएका ७२ परिवारका पीडितहरु यतिखेर कठाङ्ग्रीने चिसोको सामाना गरिरहेका छन्। आगलागी पीडितहरुसँग आफूले लगाएको लत्ता कपडा बाहेक राहतका लागि पुर्‍याइएका सिमित सामाग्रिमात्र रहेका छन्। दिन धुम्म र चिसो दैनिक जसो बढिरहेका वेला आगलागी पीडीत समस्यामा छन्।

साँझ विहान मुटु काम्ने गरी सिरेटो चल्ने यो ठाँउमा आगलागी पीडितहरु छिमेकी, सार्वजनिक स्थल तथा सरकारी कार्यालयमा बसेका छन्। धेरै संख्यामा पीडित भएकाले उपयुक्त व्यवस्थापन हुन सकेको अवस्था छैन। चिसोका कारण साना नानिहरु विरामी हुने अवस्थामा पुगेका छन्। विचल्ली भएका आगलागी पीडितहरुको दैनिकि अत्यान्त कष्टकर बनेको छ । सारा सम्पती खरानी भएको पीडा झेलीएरहको पीडितहरुलाई पुनः स्थापनाको चिन्ता छ ।

आफूसँग भएको सवै आगोले खरानी भएपछि विचल्नि को अवस्थामा पुगेको ज्याला मजदुरी गरेर गुजारा गर्ने दुर्गा गुरुङ बताए । के खानो, कहाँ सुत्ने भन्ने समस्याले गाजेको उनले बताए । कृषि विकास कार्यालयमा वसीरहेका उनले चिसोको समयमा अत्यासको अवस्था आएको बताए।

आगलागी पीडितलाई बस्न भनरे अस्थाई टहरा बनाईदै छ । चिसोको समयमा जस्ताले वेरेको अस्थायी टहरामा चिसो खेपेर वस्नु पर्ने अवस्था सृजना भएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख सफल पोर्तेलका अनुसार सोमवार देखि स्थानियवासि जुटेर अस्थायि टहरा बनाउने काम भएको छ । १६ परिवारलाई टहरा प्रदान गरिएको उनले बताए । सक्रान्ति बजारमा रहेको कृषि भवनमा ७, मन्दिर नजिकको पार्टीमा १ र बजार लाग्नेटहरामा ८ वटा परिवारलाई ब्यबस्तिथ गरिएको छ । ४० बण्डेल टिनकाको प्रयोग गरी टहार बनाइएको छ । मेला लाग्ने ठाँउमा पुरानो टहरामा बारेर अस्थायी पुनः स्थापना गर्न खोजीएको पोर्तेलले जानकारी दिए । विभिन्न ठाँउवाट आएको समान्य राहतका समाग्रि प्रयोग गरेर टहरामा बस्ने व्यवस्था मिलाईएको छ । प्रत्यके परिवारले सिमितमात्रमा सिरक, कम्मल पाएको छन जुन पर्याप्त नुहने देखिएको छ । साना नानीहरुलाई बढि समस्या देखिएको स्थानिय दिपेश प्रसाईले बताए।

आगलागीले खानेपानीको पाईप जलाएकाले खानेपानी व्यवस्थापनमा समस्या छ । सरकारले तथा विभिन्न निकायले राहत उपलब्ध गराएका छन् । ठूलो विपत्ति भएकाले व्यवस्थापन चुनौतीपूर्ण भएको पोर्तेल बताउँछन् । उता जिल्ला दैविक प्रकोप उद्वार समितिले  अग्नी पीडितका लागी संकलित रकमको दुरुपयोग नहोस भन्ने उद्देश्यले नेपाल बैकमा सोमबार खाता खोलेको छ । अग्नी पिडितहरुका लागी संकलित रकम सक्रान्ती बजार पुनस्थापना तथा पुननिर्माण कोषमा जम्मा गर्न अनुरोध गरेको छ । यस अघि जिल्ला र छिमेकी जिल्लाहरुमा भएका आगलागीका घटनाहरुमा जम्मा गरिएको रकम दुरुपायोग समेत भएको गुनासो आएकोले एकद्धार प्रणाली मार्फत सहयोग रकम बितरण गर्नका लागी खाता खोलिएको बताइएको छ । राहत संकलनलाई प्रभाबकारी बनाउनका लागी  समितिले अग्नी पिडितको नाममा कसैले पनि राजनैतिक दलको ब्यानर राखेर राहत रकम संकन नगर्ने निर्णय गरेको छ । बैठकले स्थानिय शान्ति समिती र रेडक्रसको अगुवाईमा मात्र राहतसंकलन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन । आगलागीवाट २९ घर, तीन टहरा जलेका थिए।

प्रकाशित: ५ पुस २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App