कृषि तथा पशुजन्य वस्तु

पाँच महिनामै ७७ अर्बको आयात

बिहिबार, १७ पुष २०७६, ०७ : २६ दिलीप पौडेल

काठमाडौं – मुलुकमा ६४ प्रतिशत परिवार कृषि पेसामा आश्रित भए पनि मासिक १५ अर्ब रुपैयाँभन्दा बढीको कृषि तथा पशुजन्य वस्तु आयात भइरहेको छ। बजारको मागअनुसार उत्पादन नहुँदा चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा पौने खर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको हो।

सरकारले कृषि तथा पशुपालनलाई आधुनिकीकरण र व्यवसायीकरण गरी खाद्यान्न, तरकारी, फलफूल, माछा, मासु, दूधलगायत वस्तुको उत्पादन बढाएर आत्मनिर्भर बन्ने बताउँदै आएको छ। सरकारले गत साल बनाएको मध्यकालीन त्रिवर्षीय कृषि योजनामा आव ०७७/७८ सम्म कृषि उत्पादन दोब्बर बनाउने लक्ष्य छ।

भन्सार विभागका अनुसार चालु आव २०७६/७७ को पहिलो पाँच महिनामा ७७ अर्ब रुपैयाँको कृषि तथा पशुजन्य वस्तु आयात भएको छ। यहीं उत्पादन गर्न सकिने चामल, गहुँ, तरकारी, फलफूल, खाने तेल, माछामासु, जीवित पशु, चिया, कफी, खाद्यान्नको बीउलगायत पनि उच्च मात्रामा आयात भएको छ।

कृषि तथा पशुपन्छी मन्त्रालयका पूर्व सचिव सुरोज पोखरेल किसानलाई कृषिमा आकर्षित गर्न नसक्दा उत्पादन वृद्धि हुन नसकेको हो। सरकारले खर्च गर्ने बजेट र सेवा लक्षित समुदायमा पु-याउन नसकेकाले उत्पादन नबढ्दा विदेशबाट आयात गर्नुपरेको पोखरेलको दाबी छ। ‘८५ प्रतिशत किसानले आवश्यकताअनुसार सरकारी सेवासुविधा पाउन सकेका छैनन्,’ पोखरेलले भने, ‘उत्पादन बढाउन लक्षित समुदायमा अनुदान पु-याउनुपर्छ।’ पोखरेलका अनुसार अहिलेको अनुदान वितरण पद्धति पनि परिवर्तन गर्नुपर्छ। ‘पहिले अनुदान नदिई उत्पादन गरेपछि मात्र दिनुपर्छ,’ उनले भने, ‘तबमात्र उत्पादन वृद्धि हुन्छ।’ किसानलाई दिने अनुदान टाठाबाठाले मात्र प्रयोग गरेकाले उत्पादन बढ्न नसकेको हो। तराईमा उत्पादित खाद्यान्न खुला सीमा हुँदै भारत जाने गरेको तथा नेपालीको खानपान व्यवहारका कारण पनि कृषिजन्य वस्तुको आयात धेरै देखिएको उनको बुझाइ छ।

भन्सार विभागका अनुसार पाँच महिनामा २० अर्ब २१ करोडको अनाज आयात भएको छ। जिउँदो जनावर, मासु तथा मासुजन्य वस्तु ६७ करोड रुपैयाँ, माछासहितका जलीय वस्तु ८३ करोड ३१ लाख, डेरी प्रोडक्ट तथा अन्डासहितका सामग्री ९२ करोड १० लाख, तरकारी तथा कन्दमूल १३ अर्ब २८ करोड, फलफूल १० अर्ब १४ करोड, कफी, चिया, मसला चार अर्ब १५ करोड, तयारी खाद्यवस्तु तीन अर्ब ८४ करोड, खाने तेल, जनावरको बोसोसहितको सामग्री २१ अर्ब ६८ लाख र बीउसहितको विभिन्न सामग्री आठ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ।

आयातको तथ्यांकसँग सरकारी योजनाले तालमेल खाँदैन। सरकारले कृषिमा गरेको लगानी बालुवामा पानीजस्तै भएको छ। सरकारले यो वर्ष कृषि तथा पशुपन्छीको क्षेत्रमा ३४ अर्ब ८० करोड बजेट विनियोजन गरेको थियो।

सरकारले तीन वर्षमा कृषिमा करिब ७२ अर्ब रुपैयाँ खर्चिएर कृषिजन्य वस्तुको उत्पादन बढाई व्यापार घाटा कम गर्ने रणनीति बनाएको थियो। खाद्य सम्प्रभूता र खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूति दिँदै कृषि उत्पादन र उत्पादकत्व वृद्धि गरी कृषिउपजमा आत्मनिर्भरतातर्फ उन्मुख हुने बताए पनि तालमेल देखिएको छैन। निर्वाहमुखी कृषि प्रणालीलाई नाफामूलक, दिगो, व्यावसायिक कृषि प्रणालीमा रुपान्तरण गरेर कृषिमा आधारित उद्योगको विकास गरी रोजगारी सिर्जना गरेर आम्दानी बढाउने सरकारी उद्देश्यले सार्थकता नपाउँदा आयात बढिरहेको छ। कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउन तुलनात्मक लाभ हुन सक्ने स्थानीय बालीनाली र आधारभूत खाद्य वस्तुको उत्पादन वृद्धि हुन नसक्दा विदेशको भर पर्नुपर्ने अवस्था छ। मलुकको करिब ६४ प्रतिशत घरपरिवार कृषि पेसामा संलग्न छन्। कुल राष्ट्रिय रोजगारीमा ६१.५ प्रतिशत कृषि क्षेत्रको योगदान छ। कृषिले कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान पु-याएको छ।

कृषि तथा पशुजन्य मात्र नभएर अन्य वस्तुको आयात पनि उच्च छ। मंसिरसम्म पाँच खर्ब ८१ अर्ब २५ करोड ७१ लाख रुपैयाँबराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ। विभागका अनुसार अहिले मासिक खर्बभन्दा बढी व्यापार घाटा छ। पाँच महिनाको अवधिमा पाँच खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँबराबरको व्यापार घाटा रहेको तथ्यांकले देखाउँछ। विगतका वर्षभन्दा तुलनात्मक रुपमा निर्यात वृद्धि र आयात घटे पनि व्यापार घाटा डरलाग्दो छ।

पोहोरको तुलनामा यो वर्ष आयात ४.२४ प्रतिशतले घटेको छ भने निर्यात २६.९७ प्रतिशतले बढेको भन्सार विभागले जनाएको छ। यो वर्ष व्यापार घाटा ६ दशमलव ३० प्रतिशत कम छ। मंसिर मसान्तसम्म व्यापार घाटा पाँच खर्ब ६९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ थियो। यो वर्ष ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। गत वर्ष सोही अवधिमा ३७ अर्ब २५ करोड रुपैयाँका वस्तु निर्यात भएको थियो। पाँच महिनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार ६ खर्ब २८ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ छ। पोहोर यो अवधिमा वैदेशिक व्यापार ६ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ थियो।

कृषि तथा पशुजन्य वस्तु आयात स्थिति
क्र.स.    आयातित वस्तु    मूल्य रुपैयाँ
१    खाद्यान्न,   २० अर्ब २१ करोड
२    खाने तेल, जनावरको बोसोसहितका सामग्री,    २१ अर्ब ६८ करोड
३    तरकारी तथा कन्दमूल,   १३ अर्ब २८ करोड
४    फलफूल, बीउ,    १० अर्ब १४ करोड
५    कफी, चिया, मसला,     ४ अर्ब १५ करोड
६    तयारी खाद्य वस्तु,    ३ अर्ब ८४ करोड
७    चिनी तथा चिनीबाट बन्ने परिकार,     १ अर्ब १९ करोड
८    डेरी प्रोडक्ट तथा अन्डासहितका सामग्री,     ९२ करोड
९    माछासहितका जलीय वस्तु,     ८३ करोड
१०    जिउँदो जनावर, मासु तथा मासुजन्य वस्तु,     ७६ करोड
जम्मा    ७७ अर्ब





यसमा तपाईको मत

अन्य समाचार

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

फेसबुकमा गोपनीयता कसरी कायम गर्ने ?

सामाजिक संजाल प्रयोग गर्दा निम्न कुराहरु ध्यानमा राख्नु आवश्यक छ ...

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । ...

Ncell Footer Ad