८ वैशाख २०८१ शनिबार
समाज

भ्रमण वर्षको भब्य उद्घाटन (फोटोफिचर)

नेपाल भ्रमण वर्ष २०२०को उद्घाटन समारोहका झलकहरु। तस्बिरहरुः रासस

काठमाडौं– नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन गरिएको छ। राजधानीको दशरथ रंगशालामा विषेश कार्यक्रम आयोजना गरेको भ्रमण वर्षको उद्घाटन गरिएको हो। 

सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अबको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा सन् २०२० लाई लिएको छ।

रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारीक सुभारम्भ गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको बताइन। उनले भ्रमण वर्षलाई महाअभियानको रुपमा लिनुपर्ने बताइन। त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको धारण छ। 

‘हाम्रो साँस्कृतिक, प्राक्रितिक हरेक हिसाबले विविधता युक्त भएकाले सबै खालका पर्यटकहरुलाई हामी आकर्षित गर्न क्षमता राख्दछौं’ उनले भनिन्,‘यस सदन्दर्भमा भ्रमण वर्ष २०२० को लक्ष्य हाँसिल गर्न काम गर्न सक्नुपर्दछ।’

त्यस्तै सुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समृद्ध नेपाल सुखि नेपालीको आधार नै भ्रमण वर्ष रहेको बताए। उनले नेपाल संसारकै एक अद्धितिय प्राकृतिक सम्पदा भएको मुलुक भएकाले भ्रमण गर्न आउन विश्व समुदायलाई आग्रह गरे।

सांस्कृतिक सुन्दरता, धार्मिक केन्द्रहरुको लागि नेपाल आउने सबै सिजनमा नेपाल भ्रमण गर्न सकिने मन्त्री भट्टराईले बताए। विश्वका सबैभन्दा बढी उचाई भएका हिमालहरु नेपालमा रहेको गौतमबुद्धको जन्मस्थल, विभिन्न धार्मिक मठमन्दीरहरु, विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु हेर्न पनि नेपाल आउनुपर्ने बताए। 

सन १९५१ देखि मात्र विदेशी पर्यटकका लागि नेपाल भ्रमण गर्न खुल्ला गरिएको बताउँदै मन्त्री भट्टराईले पछिल्लो समय पर्यटन क्षेत्र नै नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताए। 

समुद्घाटन कार्यक्रम पाँच घण्टासम्म सञ्चालन भएको छ। नेपालको संस्कृति झल्कने नाचगानबाट कार्यक्रम सुरू भएको थियो। समारोहमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको सहयोगमा राष्ट्रगान बजाइएको थियो। 

समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, मन्त्रीहरु, संबैधानिक आयोग प्रमुखहरु, विभिन्न देशका पर्यटन मन्त्रीहरु, विभिन्न देशका राजदूतहरु, सांसद्, तथा पर्यटन व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो। 

राजधानीसंगै सातै प्रदेशमा पनि भ्रमण वर्षलाई विभिन्न कार्यक्रम गरि स्वागत गरिएको छ। 

प्रकाशित: १६ पुस २०७६ १३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App