८ वैशाख २०८१ शनिबार
समाज

विप्लवका चार नेता रिहाई लगत्तै अदालतबाटै पुनः पक्राउ

धरौटी बुझाएर छुटाउन गएका विप्लव समूहका ४ नेताका परिवार ।

दाङ- धरौटि बुझाएर रिहा भएका सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका ४ नेतालाई प्रहरीले अदालत परिसर भित्रै धरपकड गरि नियन्त्रणमा लिएको छ। बुधबार दाङ देउखुरी जिल्ला अदालतमा धरौटी बुझाएर रिहा हुन लागेका कुलवहादुर ओली, धनवहादुर बुढा, तिलकपुन, एकराज चौधरीलाई अदालत परिसरभित्रैबाट पुनः नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिने क्रममा भएको प्रहरी धरपकडका कारण केहिबेर अदालत परिसरमा सर्वसाधारणहरु त्रस्त बनेका थिए। गत असोज ३० गते जिल्लाको राजपुर गाउँपालिकास्थित जंगलबाट नियनत्रणमा आएका २१ जनामध्ये चार नेताहरु बुधबार धरौटीमा रिहा हुने तयारीमा थिए। जिल्ला अदालतले ७ पुसमा पक्राउ परेका २१ जनालाई नै १५/१५ हजार धरौटीमा रिहा हुन आदेश दिएको थियो। तर प्रहरीले पुनः अदालत परिसरबाटै फरक मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरेपछि उनीहरु पुस ७ गते धरौटी नबुझाएर कारागार चलान भएका थिए।

जिल्ला अदालतको उक्त आदेश अनुसार कुलवहादुर ओली, धनवहादुर बुढा, तिलकपुन, एकराज चौधरीका परिवार धरौटी बुझाएर रिहा गर्न अदालत पुगेका थिए। उनीहरु अदालत पुग्नासाथ अदालत परिसरमा प्रहरी संख्या बाक्लो पारिएको थियो। आफन्तीहरुले धरौटी बुझाएपछि रिहा हुन लागेका ति चार नेताले अदालतको दर्ता चलानीकक्षमा सहि छाप गर्दै थिए। त्यतिनै बेला प्रहरीले त्यहि कक्ष बाहिरैबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

त्यसक्रममा उनीहरुका परिवारमाथि प्रहरीले अदालतभित्रै हातपातसमेत गरेको थियो। ‘अदालतले धरौटीमा छोड्न भनेपछि म मेरो श्रीमानको रिहाईका लागि अदालतमा धरौटी बुझाउन आएकी थिएँ,’ तिलक पुनकी श्रीमती छिमा पुनले भनिन् ‘तर पुलिसले अदालतको गेटबाहिर पनि जान दिएन, अदालतभित्रैबाट जवरजस्ती समातेर फेरी लग्यो।’

प्रहरीले जवरजस्ती गर्न थालेपछि अदालतमा पुगेका आफन्तीहरुले छुटाउन खोेजेका थिए। तर प्रहरीले ति आफन्तीहरुलाईसमेत हातपात गरेको पीडितहरुको भनाइ छ। ‘सुरुमा चारजना महिलाले मेरो टाउकोमा हाने, तैपनि मैले हार मानिन,’ छिमाले भनिन् ‘पछि पुरुष प्रहरी आएर मेरो शरिरका संवेदनशिल अंगमा समातेर हुत्यायो, पुलिस प्रहरीले हामीहरुलाई लछारपछार पारेपछि हाम्रो केहि जोर चलेन।’
 

 

 

प्रकाशित: १६ पुस २०७६ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App