coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

नुवाकोट महोत्सव हुने

नुवाकोट– ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको प्रवर्द्रधन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवर्द्रधन’ भन्ने नारा सहित आगामी माघ महिनामा छैटौँ नुवाकोट महोत्सव हुने भएको छ।

पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नुवाकोट उद्योग वाणिज्य संघले माग १६ देखि २६ गतेसम्म महोत्सव गर्न लागेको हो।

पर्यटकीय सम्भावनालाई उजागर गर्दै संभावनाहरुलाई सार्थकतामा परिणत गरी जिल्लालाई पर्यटकीय स्थलको रुपमा विकसित गर्न योगदान पुर्याउने महोत्सवको मूख्य उद्देश्य रहेको छ। 

महोत्सवमा जिल्लाको धर्म सस्कृति जनजाती भेषभुषा, रितिरिवाज परम्परा र नुवाकोटको कृषि उद्योग, आर्थिक शैक्षिक व्यापार व्यवसाय, पर्यटनको प्रवद्र्धन गरिने नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए।

आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर  महोत्सव सञ्चालन गरिने अध्यक्ष कार्कीले बताए।

प्रकाशित: १६ पुस २०७६ ११:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App