coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

रौतहट– ट्रयाक्टरले मोटरसाइकलमा ठक्कर दिँदा रौतहटमा दुईजनाको मृत्यु भएको छ।

रौतहटको मौलापुर नगरपालिका २ चिरचिरियास्थित सडकमा ना ५ त ७३४५ नम्बरको ट्रयाक्टरले ना ३८ प ५१५३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक मौलापुर २ का ४५ वर्षीय सुरेन्द्र राय यादव र मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका ६० वर्षीय राजेन्द्र राय यादव रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा ट्रयाक्टर चालकले मदिरापान गरेको बुझिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका असई रामबहादुर राय यादवले बताएका छन्। ट्रयाक्टर सहित चालक प्रहरीको नियन्त्रणमा रहेको छन्। 

प्रकाशित: १६ पुस २०७६ ०७:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App