coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङमा एनसेलको टावरमाथी आगजनी

धादिङ– धादिङको थाक्रे गाउँपालिका वडा नं ५, जुरेथुममा रहेको एनसेलको टावरमा आगजनी भएको छ।

बुधबार बिहान उक्त टावरमा आगजनी भएको धादिङ प्रहरीले जानकारी दिएको छ। आगजनीबाट मोबाइलको रेडियो सेट, जेनेरेटर र अन्य उपकरणमा क्षति पुगेको छ।

धादिङका एसपी रविन्द्र रेग्मीका अनुसार आगजनीस्थल वरपर नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका पर्चा भेटिएको छ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय खानीखोलाबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ५ जनाको टोली घटना स्थलमा गएको छ।

प्रकाशित: १६ पुस २०७६ ०६:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App