६ वैशाख २०८१ बिहीबार
अर्थ

विशाखापटनमबाट ६५% कन्टेनटर कार्गो

नेपाली कन्टेनरको मुख्य ट्रान्जिट बनेको आन्ध्र प्रदेशस्थित विशाखापटनम् बन्दरगाह। तस्बिरः रितेश/नागरिक

वीरगन्ज – तेस्रो मुलुकसँगको व्यापारका लागि लामो समयदेखि एकमात्र विकल्प रहेको कोलकाता बन्दरगाह अब नेपालका लागि मुख्य ‘ट्रान्जिट पोर्ट’ रहेन। कोलकाताको स्थान विशाखापटनम्ले लिने थालेको हो।

अहिले रेलमार्ग भएर नेपाल भित्रिने ६५ प्रतिशतभन्दा बढी विदेशी कन्टेनर कार्गो आन्ध्र प्रदेशको विशाखापटनम् भएर आउन थालेका छन्। वीरगन्ज सुक्खाबन्दरगाहको तथ्यांकअनुसार ३५ प्रतिशभन्दा कम कन्टेनर कोलकाता भएर आइरहेका छन्।

सन् २०१९ को नोभेम्बरसम्मको सुक्खा बन्दरगारको तथ्यांकअनुसार चार सय १३ -याक कन्टेनर वीरगन्ज सुक्खा बन्दरगाहमा आएका छन्। यो भनेको करिब ३७ हजार एक सय ७० कन्टेनर हो। यसमध्ये दुई सय ६९ -याकमा २४ हजार दुई सय १० विशाखापटनम्बाट आएका हुन्। एक सय ४४ -याकमा १२ हजार नौ सय ६० कन्टेनर कोलकाता भएर आएको देखिन्छ।

यो तथ्यांकले नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा विशाखापटनम् बन्दरगाहलाई मुख्य रुपमा प्रयोग गर्न थालेको देखाउँछ। यो बन्दरगाह प्रयोगको साढे दुई वर्षमै नेपाली आयातमा ६५ प्रतिशत कन्टेनरको ट्रान्जिट बन्नगएको हो। नेपालका लागि सन् २०१७ जुनमा विशाखापटनमबाट पहिलो कन्टेनर कार्गो लोड भएर आएको थियो। त्यसयता यो बन्दरगाहको उपयोग निरन्तर बढिरहेको छ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो।नेपालले तेस्रो मुलुकसँगको व्यापारका लागि प्रयोगमा ल्याएको पहिलो बन्दरगाहपनि कोलकाता नै हो। भौतिकपूर्वाधारमा असुविधा र प्रक्रियागत ढिलासुस्तीका कारण आयातकर्ता विशाखापटनमतर्फ आकर्षित भएको सरकारी अधिकारी बताउँछन्।

विशाखापटनममा व्यापार सरेपछि कोलकाता बन्दरगाहले नेपाली आयातकर्ता रोक्न भौतिकपूर्वाधारको स्तरोन्नति गरेको जानकारी दिएको छ। कोलकाता पोर्ट ट्रस्टका अध्यक् षबिनितकुमारले प्रक्रियागत कुरामापनि उल्लेखनीय सुधार भएको दाबी गरेका छन्। कोलकातामा कागजी प्रक्रिया घटाउन र भारतीय भन्सारको औपचारिकता हटाउन ‘इलेक्टोनिककार्गो ट्र्याकिङ सिस्टम’ (इसिटिएस) लगाएर ‘डाइरेक्ट ट्रान्सिपमेन्ट’को सुविधा विशाखापटनम् जस्तै दिइएको छ। यसले पनि नेपाली आयातकर्तालाई विशाखापटनमतिर जानबाट रोक्न सकेको छैन।

पछिल्लो समयमानयाँ प्रणाली लागू भएयता कोलकाता भएर आयात गर्दाढुवानी खर्च झन् बढेको आयातकर्ता बताउँछन्। यसकारण उनीहरु विशाखापटनमतिर एकोहोरिएका हुन्।

‘कोलकातामा प्रक्रिता त घट्यो, तर ढुवानी खर्च झन् बढ्यो,’ आयातकर्ता आशिष लाठलेभने, ‘बाध्यतावस दोब्बर दुरीको बन्दरगाहलाई विकल्पका रुपमा आयातकर्ताले रोजेका छन्।’

कोलकाता वीरगन्जबाट सात सय चार किलोमिटरर विशाखापटनम् एक हजार चार सय १० किलोमिटर टाढा छ।सिपिङ कम्पनीसँगको ढुवानी ‘नेगोसिएसन’मा कोलकाताको तुलनामा विशाखापटनमबाट आयातकर्ताले तुलनात्मक लाभ पाएपछि कोलकाताको व्यापार घटेको भारतकालागि नेपालका महावाणिज्यदूत एक नारायण अर्यालले बताए। उनले यसमा सिपिङ कम्पनीको भूमिका र व्यावसायिक स्वार्थ रहेको जानकारी दिए।

नेपालको कन्टेनर ढुवानीमा पछिल्लो समय मक्र्सलाइनसिपिङ कम्पनीले प्रभाव बढाउँदै लगेको आयातकर्ता बताउँछन्। तुलनात्मक लाभ सँगसँगै मक्र्सलाइनसिपिङ कम्पनीको रणनीतिक योजनामा परेर समेत नेपाली आयात विशाखापटनमतिर सरेको आयातकर्ताको विश्लेषण छ। कालान्तरमा यो प्रतिउत्पादक हुनसक्ने उनीहरुको भनाइ छ।

विशाखापटनम् निजीक्षेत्रले सञ्चालन गरेको व्यवस्थित र १६ मिटरगहिरो समुद्रीजलाधारसहितको किनाररहेको बन्दरगाहहो। यहाँ६ हजार पाँच सय कन्टेनर बोकेका मदर भेसल्स (ठूला पानीजहाज) आउन सक्छन्। यताकोलकाता ६ मिटरमात्र गहिरो नदीमा आधारित बन्दरगाह भएकाले यहाँ फिडर भेसल्स(सानापानीजहाज) मात्र आउन सक्छन्। फिडर भेसल्सले आठ सयभन्दा बढी कन्टेनर ल्याउन सक्दैनन्। पूर्वाधार, व्यवस्थापन, प्रक्रियागत सुविधा र व्यापार लागतमा तुलनात्मक लाभ सुरुमा नेपाली आयातकर्ताको आकर्षणको कारण बन्यो। अब भने कोलकाताको विकल्पको रुपमाभन्दा निर्भरता नै विशाखापटनमतिर बढेको देखिन्छ।

सुरुमा विशाखापटनम् बन्दरगाह व्यवस्थापनले नेपाली आयातकर्तासँग गर्ने आग्रहपूर्ण नम्र व्यवहार अब भने नरहेको आयातकर्ताको अनुभव छ। कोलकाता पोर्ट ट्रस्ट मातहतमै रहेको र निजी क्षेत्रबाट व्यवस्थापित पश्चिमबंगालकै हल्दिया बन्दरगाह भने विकल्पकारुपमा चाहिएजस्तो प्रयोगमा ल्याउन सकिएको छैन। तेस्रो मुलुकसँगको व्यापारका लागि उडिसाको धाम्रा र गुजरातको मुन्द्रा बन्दरगाह पनि प्रस्ताव गरिएको छ।

प्रकाशित: १६ पुस २०७६ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App