७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्रीबाट हिल्सा पुल उद्घाटन

हुम्ला- प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्लाको हिल्सा नदीमा निर्माण गरिएको पुल मंगलबार उद्घाटन गरेका छन्।
रु. सात करोड ५० लाखको लागतमा सो पुल निर्माण गरिएको हो। प्रधानमन्त्री दाहालले राजनीतिक दलका मागबमोजिम विद्युत् उत्पादनका लागि एक अध्ययन टोली पठाउने, सिमकोट मैदानमा रु तीन करोड निकासा गरी आङ्गिक क्याम्पसलाई प्राथमिकता दिने, पर्यटकीय महत्व रहेको सिमकोट–हिल्सा सडक निर्माणमा प्राथमिकता दिने बताए।
खाद्यान्न समयमै ढुवानीका लागि अर्थ मन्त्रालयबाट बजेट विनियोज भइसकेको छ भन्दै उनले कर्णाली करिडोर हिल्सा–सिमकोट हुँदै बाँके जिल्लाको जमुनासम्मको बाटो नेपाली सेनाको सहयोगमा निर्माण गरिने जानकारी दिए।

सहमति र सहकार्यमा संविधान संशोधन गर्न सबैसँग छलफल गर्दै अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले  मानसरोवर कैलाश यात्रामा स्थानीय जनता र कर्मचारीलाई समेत सहज हुनेगरी परिचयपत्रको व्यवस्था गर्न सुझाव दिए।

सो अवसरमा जिल्लाका राजनीतिक दलले कर्णाली करिडोर हिल्सा–सिमकोट सडक निर्माण गर्न, विद्युत् आपूर्ति सहज गराउन, हेक्पा खोला र दोजाम खोलाबाट तीन मेगावाटसम्म विद्युत् उत्पादन गर्न, मानसरोवर तथा कैलाश पर्वतमा दशवटा प्रवेशद्वार बनाउन , दक्षिणी क्षेत्रमा कृषि उत्पादन बढाउन जिल्ला अस्पतालमा भिडियो एक्स–रे उपलब्ध गराउन, लिमी गाविसको लाप्चामा पर्ने ललुङ जोडङ नाकाबाट मोटरबाटो निर्माणमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रमुख जिल्ला अधिकारी डा कृष्णबहादुर घिमिरेले जिल्लाको वस्तुस्थितिबारे जानकारी गराएका थिए। रासस

 

प्रकाशित: ५ पुस २०७३ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App