८ वैशाख २०८१ शनिबार
समाज

टयाक्टर दुर्घटनामा बुवाको मृत्यु, छोरा वेपत्ता

जुम्ला–डोल्पादेखि जुम्ला खलंगातर्फ आउँदै गरेको टयाक्टर दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छन भने अर्का एकजना वेपत्ता भएका छन्। सो दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

भे १ त ६८४२ नम्बरको टयाक्टर गोठीचौर– ६ कालिसाघुस्थित खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । टयाक्टर डोेल्पाकाट जुम्लातर्फ जडिकुटी लिएर आउँदै थियो।  घटनामा लंक रोकायाको मृत्यु भएको हो भने मिरा बुढा गम्भीर घाइते भएकी हुन्। लंक रोकायाका छोरा निर्दोष रोकाया वेपत्ता भएको प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए।

वेपत्ता निर्दोषको खोजी जारी रहेको प्रहरीले जनाएको छ। टयाक्टर चालक फरार रहेको र जडिवुटी व्यापारीलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा झिकाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: ५ पुस २०७३ ०९:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App