८ वैशाख २०८१ शनिबार
समाज

टोपी दिवस मनाउँदै भ्रमण वर्षको स्वागत

पाल्पा- अंग्रेजी नयाँ वर्ष, नेपाल भ्रमण वर्ष र ढाका टोपी दिवस पाल्पालीले एकसाथ मनाएका छन्। नेपालीले टोपी दिवस मनाईरहँदा जिल्लामा समग्र ढाकाको कारोबारमा वृद्धि भएको छ। जनवरी फस्ट, २०२० नयाँ वर्षको पहिलो दिन। नयाँ वर्ष तथा ढाका टोपी दिवस मनाईरहँदा अन्य दिनहरुको तुलनामा पाल्पामा ढाका टोपीको व्यापारमा वृद्धि भएको छ।

नेपाली भ्रमण वर्ष २०२० को सुरु भैरहँदा पाल्पाको प्रख्यात ढाकाटोपीको बिक्री दुई यो समयमा गुणाले बढेको छ। विगत छ वर्षदेखी मनाईंदै आएको टोपी दिवसमा पाल्पाली पहिचान बनेको ढाका टोपीको बिक्री पनि बढेको हो। बुधबार नै तानसेन नगरपालिकाले नेपाल भ्रमण वर्षको झण्डोत्तलन, सरसफाई तथा होडिङबोर्ड राखेर भ्रमण वर्षको स्वागत गरेको छ।

टोपी नेपालको राष्ट्रिय पोशाक पनि हो। ढाकाटोपीले नेपाली जातीको पहिचान झल्काउँछ। नेपालीले राष्ट्रिय टोपी दिवस मनाएका छन्। ढाकाको लागि प्रशिद्ध जिल्ला हो, पाल्पा। ढाका टोपी पाल्पाको पहिचानसँग जोडिएको हुन्छ। ढाकाको विविधिकरण गरि धेरै किसिमका वस्तुहरु निर्माण भएता पनि ढाका टोपीको महत्व भने घटेको छैन। युवापुस्तामा ढाका टोपीको क्रेज बढ्दो छ। ढाकाटोपी, भाद्भाउँले टोपी तथा कालो टोपी नेपाली टोपी हुन्। ढाका टोपी दिवसमा ढाकाबाट निर्माण भएको टोपीको बिक्रिमा उल्लेख्य सुधार भएको बिक्रेताहरुले बताएका छन्। पाल्पाली मदनपोखरा ढाकाका प्रोप्राईटर कमल भण्डारीले अन्य दिनहरुको तुलनामा टोपी दिवसमा झण्डै दोब्बरको कारोबार हुने गरेको बताए। ‘

मदनपोखरा जानकी वस्त्रालय पाल्पाका प्रोप्राईटर राजु भट्टराईले अन्तरिक पर्यटकहरुले ढाका खरीद गर्नेक्रम बढेको बताए। ढाकाको टोपीका साथै अन्य सजावटका सामाग्री सहित पाल्पाली ढाकालाई विविधिकरण गरेपछि चिनोको रुपमा ढाकाको व्यापार बढेको उनले बताए। नेपाली ढाका टोपीसँग पाल्पाको साईनो जोडिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताए। पाल्पाली ढाकाले बजारको माग धान्न नसकेकोले अहिले भारत र चीनबाट समेत ढाका आयात भएको महर्जनले बताए।

शिक्षक पशुपति बस्यालले धेरैले फेशनका लागि लगाए पनि यसको आफ्नै मौलिकता कार टोपी लगाएको बताए। ढाका टोपीमा सीमित पाल्पाली ढाका अहिले पर्स, टाई, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामाग्री समेत ढाकाकै निर्माण हुन थालेको छ। यतिबेला जिल्ला भित्रने आन्तरीक तथा बाह्य पर्यटकहरुले आफन्तहरुलाई ढाका चिनो लैजाने गरेका छन्। नेपाली पहिचान मेटिएको भन्दै जागरूक युवा अभियान नेपालले टोपीलाई प्रवद्र्धन गरि आएको थियो।

प्रकाशित: १६ पुस २०७६ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App