coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

शल्यक्रिया गर्दा शरीरमा आगो लागेर बिरामीको मृत्यु

बुकारेस्ट (बिबिसी) – शल्यक्रियाको क्रममा आगो लागेर रोमानियाको एक अस्पतालमा बिरामीको मृत्यु भएको छ। प्यानक्रियाटिक अर्थात् अग्नासयको क्यान्सर भएकी एक ६६ वर्षीया महिलाको डिसेम्बर २२ मा राजधानी बुकारेस्टस्थित फ्र्लोयास्का अस्पतालमा शल्यक्रिया हुँदै थियो। शल्यक्रिया गर्नुअघि बिरामी महिलाको शरीरमा ‘अल्कोहलयुक्त डिस्इन्फेक्टन्ट’ प्रयोग गरिएको थियो। चिकित्सकहरुले शल्यक्रियाको क्रममा विद्युतीय चक्कु प्रयोग गर्दा अल्कोहलले आगो टिपेको थियो। शल्यक्रिया गर्न अचेत बनाइएकी ती महिलाको शरीरभरि आगो फैलिएको थियो। ४० प्रतिशत शरीर जलेकी ती महिलाको एक सातापछि अस्पतालमा मृत्यु भयो।

शल्यक्रियाकै क्रममा आगो लागेर बिरामीको शरीर जलेको र त्यसकै कारण उनको मृत्यु भएको विषयमा प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ।

अस्पतालले आफूहरुलाई शल्यक्रियाको क्रममा एउटा दुर्घटना भएको मात्रै भनेको मृतकको परिवारको आरोप छ। उनीहरुका अनुसार बिरामीको अवस्था कस्तो थियो वा के भएको थियो भन्नेबारे अस्पतालले विस्तृत विवरण दिएको थिएन।

अस्पतालले आफूहरुलाई शल्यक्रियाको क्रममा एउटा दुर्घटना भएको मात्रै भनेको मृतकको परिवारको आरोप छ। उनीहरुका अनुसार बिरामीको अवस्था कस्तो थियो वा के भएको थियो भन्नेबारे अस्पतालले विस्तृत विवरण दिएको थिएन।

‘हामीले टेलिभिजनमा प्रसारण भएपछि मात्रै केही विवरण थाहा पायौं,’ मृतक महिलाको परिवारले भनेका छन्, ‘हामी अस्पताललाई आरोप लगाइरहेका छैैनौं, हामी त शल्यक्रियाको क्रममा के भएको थियो भन्नेबारे मात्रै जान्न चाहन्छौं।’

शल्यक्रियाकै क्रममा शरीरमा आगो लागेर बिरामीको मृत्यु भएको विषयमा रोमानियाका स्वास्थ्यमन्त्री भिक्टर कोस्ट्याकले दुःख व्यक्त गरेका छन्। उनले सो घटनाको अनुसन्धान गरिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। ‘यो दुःखद् घटनाबाट हामीले पाठ सिक्नेछौं भन्ने अपेक्षा मैले गरेको छु,’ स्वास्थ्यमन्त्री कोस्ट्याकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सत्यतथ्य पत्ता लगाउन आफू र आफ्नो मन्त्रालय दुवैले यथासम्भव सहकार्य गर्ने उनले बताए।

त्यसैगरी रोमानियाकै उपमन्त्री होराटियू मोल्दोभानले विद्युतीय औजारबाट गरिने शल्यक्रियामा ‘अल्कोहलमा आधारित डिस्इन्फेक्टन्ट’को प्रयोगमा प्रतिबन्ध लगाइएकोबारेमा शल्यचिकित्सकहरुलाई जानकारी हुनुपर्ने बताएका छन्।

रोमानिया पनि युरोपेली संघ (इयू)आबद्ध राष्ट्र हो। इयूमा संलग्न राष्ट्रमध्ये उसले स्वास्थ्यसेवामा सबैभन्दा थोरै रकम खर्च गर्ने गरेको छ। रोमानियामा बालमृत्युदर पनि उच्च छ। अस्पताल पनि त्यति विकसित छैनन् तथा स्वास्थ्यसेवामा काम गर्ने कर्मचारीको पनि रोमानियामा अभाव छ।

प्रकाशित: १६ पुस २०७६ ०४:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App