८ वैशाख २०८१ शनिबार
खेल

मनमोहन स्मृति क्रिकेटका खेल बिहीबारदेखि

इटहरी – इनरुवामा बिहीबारदेखि दोस्रो मनमोेहन स्मृति एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका हुँदै छ। प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस, एपिएफ, आर्मीसहित सातवटै प्रदेश, आयोजक र मलेसियन राष्ट्रिय टोलीले सहभागिता जनाउनेछन्। माघ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले शिल्डसहित ४ लाख ५ हजार र उपविजेताले २ लाख ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। म्यान अफ दी सिरिजलाई ५५ हजारसहित अन्य विधाका उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले जानकारी दिए।
प्रतियोगिताको पहिलो खेल प्रदेश नं. १  र प्रदेश नं. ५ बीच हुनेछ।

बिहीबार सुरु हुने प्रतियोगिताको उद्घाटन मंगलबारै गरिएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले गरे।  सो अवसरमा  सदस्यसचिव सिलवालले इनरुवाको खेलक्षेत्रको विकासमा साथ र सहयोगको प्रतिबद्धता व्यक्त गरे। सिलवालले एमएम कपलाई आगामी वर्षबाट रातो किताबमा समावेश गरिने जनाए।
सो क्रममा नगर प्रमुख राजन मेहताले नगरको विकाससँगै खेलकुद सँगसँगै भन्ने नाराका साथ आफू अघि बढेको धारणा व्यक्त गरे। प्रतियोगिता इनरुवा नगरपालिका र मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश नं. १ ले संयुक्त आयोजना गरेका हुन्।

प्रकाशित: १६ पुस २०७६ ०३:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App