७ वैशाख २०८१ शुक्रबार
समाज

भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटना

भक्तपुर- भक्तपुरमा एक वर्षमा दुई सय ५४ वटा घटनाहरु घटेका छन्। हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुव्र्यवहार, बहुविवाह लगायतका गरी एक वर्षमा यी घटना घटेका हुन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मंगलबार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाको वार्षिक पूर्व समिक्षा कार्यक्रममा यो तथ्यांक सार्वजनिक भएको हो। कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधिले भक्तपुर जिल्लामा २०१९ जनवारीदेखि डिसेम्बर ३०सम्म एक वर्षको अवधिमा मानव अधिकार हनन् र ज्यादतीका घटनाको विवरण प्रस्तुत गरेका थिए।

सन् २०१९ को एक वर्षको अवधिमा भक्तपुरमा गैरराज्य पक्षको परिवारजनबाट एक र अन्य दुई गरी तीन जनाको हत्या भएको तथ्यांक सार्वजनिक गरेको छ। त्यस्तै बलात्कारबाट ३३ जना पीडित भएका छन् भने बलात्कार प्रयास घटनामा तीन जना महिला र बाल यौन दुव्र्यवहारमा दुई जना बालिका पीडित भएका तथ्यांक सार्वजनिक गरिएको छ। त्यस्तै बहुविवाहको घटनामा १३ महिला पीडित भएका छन् भने मानव बेचबिखनका घटनामा एक जना पीडित भएको, घरेलु हिंसामा एक ९० जना पीडित भएका छन्।

राज्यपक्षबाट नौ जना विप्लव माओवादीका नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। सन् २०१८ मा हत्या, कुटपिट, बलात्कार, बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाह, घरेलु हिंसा र मानव बेचबिखन लगायतका कुल दुई सय ५२ वटा घटना घटेका थिए।


    

प्रकाशित: १५ पुस २०७६ १२:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App