४ वैशाख २०८१ मंगलबार
राजनीति

उखु किसानका मागमा सरकार उदासिन हुनु लज्जास्पदः कांग्रेस

काठमाडौं– किसानले आफ्नो उखु  विक्री गरे वापत रकम भुक्तानी नपाएको प्रति नेपाली कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरिब किसान र श्रमिक मर्कामा परेको भन्दै कांग्रेसले सरकारको ध्यानाकर्ष गराएको हो। समयमै रकम भुक्तानी नपाउनुले किसान माथि अन्याय भएको कांग्रेसको ठहर छ। 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा मंगलबार जारी विज्ञप्तिमा उखु विक्री वापत पुराना तथा नयाँ भुक्तानी उपलब्ध गराउने विषयमा पटक–पटक सरकारी निकायको रोहबरमा किसान र उद्योगी बीच सहमति भएता पनि हालसम्म कार्यान्वयन नहुनु दुःखद पक्ष भएको उल्लेख गरेका छन्।

‘उखु किसानले आफ्नो उत्पादन विक्रीको भुक्तानीका लागि काठमाडौंसम्म आएर आन्दोलन गर्नुपर्ने बाध्यता सृजना भएको छ। उक्त आन्दोलनमा उठाइएका मागप्रति नेपाली कांग्रेस संसदीय दलको पूर्ण समर्थन रहेको छ’ विज्ञप्तिमा भनिएको छ,‘लामो समयदेखि ध्यानाकर्षण गराउँदा पनि उक्त विषयमा सरकार उदासिन हुनु, लज्जास्पद विषय हो।’

प्रकाशित: १५ पुस २०७६ ०९:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App