८ वैशाख २०८१ शनिबार
समाज

मलद्वारमा आधाकिलो सुन लुकाएर ल्याउने भारतीय पक्राउ

काठमाडौं– आधाकिलो अवैध सुनसहित भारतीय नागरिक त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ३१ वर्षीया भारतीय नागरिक सुनिल हरिराम रहेका छन्। मंगलबार बिहान साढे ८ बजे  दुबईबाट काठमाडौं अवतरण गरेको विमानबाट उनले सुन ल्याएका थिए।

प्रहरीका अनुसार उनले मलद्वारभित्र दुई वटा गोली बनाएर सुन लुकाएका थिए। एक्सरेको क्रममा उनको मलद्वारमा सुन रहेको पत्ता लागेको थियो।

प्रकाशित: १५ पुस २०७६ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App