८ वैशाख २०८१ शनिबार
खेल

संरक्षकलाई उपाधि

पोखरा - कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा सम्पन्न १७औं माछापुच्छ्रे बैंक ओपन टेनिसको उपाधि संरक्षणभूषण वज्राचार्यले जितेका छन्। उनले प्रणव खनाललाई टाइब्रेक सेटमा पराजित गर्दै नगद ५० हजार रुपैयाँ राशिको उपाधि चुमेका हुन्। वज्राचार्यले पोखरा रंगशालास्थित टेनिस कोर्टमा सोमबार खनाललाई ३–६, ७–६ र ६–३ को सेटमा पराजित गरेका थिए। महिलातर्फको उपाधि प्रेरणा कोइरालाले उचालिन्।

सलोनी तामाङमाथि ७–५ र ६–१ को सोझो सेटमा जित निकाल्दै शीर्ष वरियताकी प्रेरणाले उपािध आफ्नों नाममा गराएकी हुन्। मेन्स डबल्समा संरक्षकभूषण वज्राचार्य र नवीन मगरको जोडीले बाजी मा¥यो। प्रदीप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षकको जोडीले उपाधि रक्षा गरेको हो।

३५ वर्षमाथि उमेरसमूहको प्रतिस्पर्धामा कमल भण्डारीले उपाधि रक्षा गरे। उनले गोरखाका राजु श्रेष्ठलाई ६–३, ६–३ को सेटमा पराजित गरेका थिए। प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्षमाथि डबल्स उपाधि राजु श्रेष्ठ (काठमाडांै) र कमल भण्डारीको जोडीले जित्यो। सीमान्त गुरुङ र राजु श्रेष्ठ (गोरखा) को जोडीमाथि ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित निकाल्दै राजुको जोडीले उपाधिमा आफ्नों नाम लेखाएको हो।

४५ वर्षमाथिको एकल प्रतिस्पर्धाको उपाधि भने चन्द्र लामाले आफ्नो पोल्टामा पारे। उनले विमल गुरुङलाई पराजित गरे। ६–४, ७–५ को सेटमा पराजित गर्दै लामाले उपाधि उचाल्न सफल भए। सोही इभन्टको डबल्स उपाधि भने पोखरेली खेलाडीद्वय गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको नाममा रह्यो। फाइनलमा गोपी जोडीले मनोज राणा र विमल गुरुङको जोडीमाथि ६–३ र ७–६ को नतिजा निकालेको थियो।

५५ वर्षमाथिको एकलतर्फको ट्रफी भने कमल थापाले आफ्नो नाममा गराए। थापाले पोखरेली खेलाडी अनिल तुलाचनलाई ७–६, ६–३ को सेटमा पराजित गरेका हुन्। सोही इभेन्टको डबल्समा कमल थापा र झ्याम्पा ढुण्डुपको जोडी च्याम्पियन बन्यो। थापा जोडीले समीर शेरचन र अनिल तुलाचनसँगको अन्तिम चुनौती ७–६ र ६–२ ले पाखा लगायो।

६५ वर्षमाथि एकल प्रतिस्पर्धामा ज्ञानेन्द्र ताम्राकारले दीपक श्रेष्ठलाई ४–२, ४–० को सेटमा पराजित गरेका थिए। डबल्स उपाधि दीपक श्रेष्ठ र ज्ञानेन्द्र ताम्राकारको जोडीले जितेको छ। फाइनलमा श्रेष्ठ जोडीले विष्णु गुरुङ र मेजर लक्ष्मीप्रसाद गुरुङको जोडीलाई ४–०, ४–० ले पराजित ग-यो। ओपनतर्फ मेन्स तथा वुमन्स सिंगलमा विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिस्टले नगद १०÷१० हजारसहित ट्रफी पुरस्कारस्वरूप प्राप्त गरे। मेन्स तथा वुमन्स डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमिफाइनलिस्टले नगद ५/५ हजार रुपैयाँसहित ट्रफी पुरस्कारस्वरूप पाए।

३५ वर्षमाथिको एकल विजेताले नगद ५० हजार तथा उपविजेताले नगद २५ हजारसहित ट्रफी पुरस्कार प्राप्त गरे भने ३५ वर्षमाथिको डबल्स विजेता खेलाडीले नगद १५ हजार तथा उपविजेता खेलाडीले नगद ८ हजारसहित ट्रफी पुरस्कार थापे। ४५ वर्षमाथि एकल विजेताले नगद २० हजार तथा उपविजेताले नगद १० हजारसहित ट्रफी पुरस्कार हात थापे। सोही उमेरसमूहमा डबल्स विजेताले १५ हजार र उपविजेताले नगद ८ हजार रुपैयाँसहित ट्रफी पुरस्कार प्राप्त गरे। ५५ वर्षमाथिको एकलतर्फ विजेतालाई नगद २० हजार तथा उपविजेतालाई नगद १० हजारसहित ट्रफीबाट सम्मानित गरिएको थियो। उनीहरूलाई मुख्य प्रायोजक माछापुच्छ्रे बैंकका गण्डकी प्रमुख भुवनसिंह खत्री, टेनिस प्रशिक्षक शरद लामा, कास्की जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष विनोद कायस्थलगायतले पुरस्कार वितरण गरेका थिए।

 

प्रकाशित: १५ पुस २०७६ ०१:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App