७ वैशाख २०८१ शुक्रबार
अर्थ

ग्यास बुलेटभन्सारमा रोकिए

काठमाडौं- ग्यास ढुवानीमा भारतीय परनिर्भरता हटाउन पहिलोपटक नेपालीउद्योगीले ल्याएका स्वदेशीनम्बर प्लेटका ग्यास बुलेट वीरगन्जभन्सारमा रोकिएका छन्। सरकारले आर्थिक वर्ष २०७३/०७४को बजेट भाषणमा नेपालीग्यास बुलेटलाई दुई तिहाई भन्सार महसुलछुट दिने निर्णय गरे पनिभन्सार अधिकारीले रोकेको नेपालएलपीग्यास उद्योग संघले जनाएको छ।

सरकार र नेपालआयलनिगमसँगअनुमतिलिई सबै प्रक्रिया पुर्‍याएर ल्याएकानयाँबुलेट वीरगन्जभन्सारमा रोकिएको संघका महासचिवदिवानचन्दले बताए। 'भारतीयभन्सार पास भइसकेकानेपालीबुलेट २० दिनदेखि वीरगन्जभन्सार नाकामाअलपत्र छन्,' चन्दले भने, 'सरकारी पक्षबाट अवरोध सिर्जनाहुँदाबुलेट आउन सकेनन्।'

संघका अनुसार एभरेस्ट ग्यास उद्योग, प्रालि काठमाडौंकोना७ ख ९२७ र ना७ ख ९२८ नम्बरकाबुलेट गतमंसिर १७गते भारतीय कस्टमपास गरेर वीरगन्जआएकाथिए। करिब साढे ३ सय बुलेट भारतकाविभिन्नकम्पनीमातयारी अवस्थामा रहेको संघले जनाएको छ। ५३ वटा ग्यास उद्योगले ७ सय ७५ वटा ग्यास बुलेट खरिद गर्ने अनुमतिपाएकाथिए।

प्रज्ञापन अनुमतिलिएर ग्यास उद्योगकै नाममाचेसिस ल्याएर नेपालीनम्बर प्लेट, ब्लु बुक, रोड पर्मिट लिई पुनःभारत लगेर रनिङ गियर, बुलेट जोडेर ल्याएपछि पनिभन्सारले अर्थमन्त्रालयदेखाएर रोकेको संघका अध्यक्षशिव घिमिरले बताए। 'नेपालमा गाडी आयातगर्न आवश्यक सबै कागजात पूरा गरेका छौं,' अध्यक्ष घिमिरले भने, 'भन्सारले अर्थलाई र अर्थले भन्सारलाई देखाएर रोकिराखेका छन्। भारतीय राजदूतावासबाट समेत भारतभर बुलेट गुडाउने अनुमतिलिइसकेको उनले बताए।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७३/०७४को बजेट भाषणको ४२२नम्बर बुँदामाबुलेट खरिदमादुईतिहाईसम्मभन्सार छुट दिने उल्लेख रहेको घिमिरेले बताए। 'संसदकै उद्योग वाणिज्य तथाउपभोक्ताहित सम्बन्ध समितिले पनिबुलेट खरिद प्रक्रिया अघि बढाउन निर्देशनदिएको छ,' घिमिरले भने, 'बजेट भाषण र मिनी संसदले दिएको आदेश कार्यान्वयनमा आलटाल भयो।'

अहिलेसम्मकरिब ५ सय भारतीयबुलेटले इन्डियन आयलकर्पोरेसन(आइओसी)का रिफाइनरीबाट ग्यास ढुवानी गर्दै आएका छन्।

समयमै ग्यास बुलेट ल्याउननदिएयसको असर ग्यास आपूर्तिमा पर्ने उद्योगीले चेतावनीदिएका छन्। उद्योग संघ र भारतीय ट्रान्सपोर्टरबीच २०१७को नोभेम्बरसम्ममात्र नेपालमाभारतीयबुलेटले ग्यास ढुवानी गर्ने सम्झौताभएकाले आयातप्रक्रियालम्बिए ठूलो असर पुग्ने बताए। 'अर्को वर्षको नोभेम्बरबाट भारतीयबुलेटले नेपालमाग्यास ढुवानी गर्दैनन्,' घिमिरले भने, 'नेपालीग्यास बुलेट ल्याउननसकेर ग्यास अभावभएमायसको जिम्मेवारी कसले लिने? अर्थमन्त्रालय र भन्सारले अल्मलाएर राखकाले तुरुन्त समस्याको समाधानदिनुपर्ने उनीहरुको माग छ। 'कानुनअनुसारभन्सार तिर्न तयार छौं,' उनले भने।

वीरगन्जभन्सार कार्यालयले भने ग्यास बुलेट आफूले नरोकेको जनाएको छ। व्यवसायीले औपचारिक रुपमा प्रज्ञापन पत्र भरेर छुट चाहेको विषय घोषणा गरेर आउनुपर्ने वीरगन्जभन्सारकाप्रमुख सेवान्तकपोख्रेलले बताए। 'उहाँहरुले मौखिकमात्रजानकारी गराउनुभएको छ,' उनले भने, 'तर, गाडी पहिल्यै नेपालभिœयाएर फेरि बुलेट बनाएर ल्याएकोले केहीनीतिगत जटिलता पनि रहेको छ।'

वितगमानिगम र आपूर्ति मन्त्रालयबीचको टकरावपछि मन्त्रालयले एलपिजी ढुवानी नियमावलीनबनाएसम्मखरिद प्रक्रिया अघि नबढाउन निर्देशनदिएको थियो। मन्त्रालयले नियमावलीबनाइसकेकोले सो विवादपनि टुंगिएको संघको दाबी छ। बुलेट ढुवानी प्रक्रियाको विषयमाआपूर्ति मन्त्रालय र निगमकाअधिकारीले केहीबोल्न चाहेनन्।

व्यवसायीकाअनुसार उनीहरुले करिब ५ अर्ब ४२ करोड ५० लाख रुपैयाँकाबुलेट ल्याउनलागेकाहुन्। ६६ प्रतिशतभन्सार छुट दिएपनि एउटा बुलेटको मूल्यकरिब ७० लाख रुपैयाँ पर्ने संघले जनाएको छ। व्यवसायीले बुलेट खरिद गरेपछि ढुवानीमा बिदेसिने साढे दुई अर्ब रुपैयाँजोगिने बताउँदै आएका छन्। बुलेटखरिद गरे करिब एक हजारजनाले रोजगारी पाउने संघको दाबी छ।

निगमले एकलौटी मूल्य बढायो

नेपालआयलनिगमले सञ्चालक समितिको बैठकनै नबसीपेट्रोलियमपदार्थको मूल्य वृद्धि गरेको आरोप लागेको छ।निगमले सञ्चालक समितिअध्यक्षतथाआपूर्ति सचिव प्रेम राईको अध्यक्षतामा बैठक बसेर मूल्य थपघटको निर्णय गर्नुपर्ने भएपनिआपूर्ति मन्त्रीदीपकबोहोराको स्वीकृतिमामूल्य वृद्धि गरेको हो।

स्रोतकाअनुसार बोहोराले प्रधानमन्त्रीपुष्पकमलदाहालको समेत स्वीकृति लिएपछि मूल्य बढाउन सक्ने संकेत गरेकाथिए। इन्डियन आयलकर्पोरेसन(आइओसी)ले मूल्यवृद्धि गरेर पठाएकोले मूल्य बढाउनुपरेको निगमको दाबी छ। स्वचालितमूल्य प्रणालीमा जाने घोषणा गरेको निगमले मूल्य घट्दा भाउ नघटाए पनिमूल्य वृद्धि हुँदा बढाएको आरोप लाग्दै आएको छ। 

भाउ बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर  १ सय १ रुपैयाँ ५० पैसा, डिजेल र मट्टीतेल ७७ रुपैयाँ ५० पैसा पुगेको छ।नयाँनिर्धारण गरेको मूल्यअनुसार निगमलाई मासिककरिब साढे २८ करोड रुपैयाँनाफाहुन्छ। निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ४३ पैसा, डिजेलमा १ पैसा, मट्टीतेलमा १९ रुपैयाँ ६५ पैसा नाफा गर्छ। मूल्यबढाउँदा पनिभारतमाभन्दा नेपालमा तेल सस्तोरहेको निगमको दाबी छ।

प्रकाशित: ५ पुस २०७३ ०४:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App