coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डिफेन्डिङ च्याम्पियन झापा फाइनलमा

पाँचथर– डिफेन्डीङ च्याम्पियन रेड स्टार फुटबल क्लब झापा पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा भईरहेको दोश्रो फिदिम नगरगोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

सोमवार भएको अन्तिम सेमीफाइन खेलमा रेड हर्ष इलामलाई टाईब्रेकरमा हराउँदै झापा फाइनलमा प्रवेश गरेको हो। निर्धारित समयमा २–२ गोलको बारबरीमा खेल सकिपछि खेल टाईब्रेकरमा धकेलिएको थियो।

टाईबेकरमा झापाले ५–४ गोलअन्तरले जित निकालेको हो। निर्धारीत समयमा झापाका निशान लिम्बु र प्रकाश बजगाँईले गोल गरेका थिए भने इलामका पिकेश लोक्ताम र किस्मत लिम्बुले गोल गरेका थिए। झापाका निशान लिम्बु म्यान अफ दि म्याच घोषित भए।

प्रतियोगिताको फाइनल मंगलबार हुनेछ। फाइनमा झापाले आयोजक स्वतन्त्र युवा क्बलको समाना गर्ने छ। प्रतियोगिताको विजेता टिमले १ लाख ११ हजार १ सय ११ रुपैँयानगद र ट्रफि प्राप्त गर्ने छ । यस्तै उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैँया र ट्रफि पाउने छ। 

प्रकाशित: १४ पुस २०७६ १३:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App