८ वैशाख २०८१ शनिबार
समाज

जंगलमा फेला परेको शवको सनाखत

डडेल्धुरा- जंगलमा सडेको अवस्थामा फेला परेको वेवारिसे शवको सनाखत भएको छ। बैतडीको पाटन नगरपालिका–८ खालिडाँडा बस्ने ४९ वर्षिय केशवराज भट्टको भएको पुष्टि भएको हो। मृतकका सहोदर भाइ हरिदत्त भट्टले मृतक आफ्नो दाई भएको बताएपछि शवको सनाखत भएको हो।

मृतक भट्ट विगत २५–२६ बर्ष यता मानसिक असन्तुलनमा रहेको र आफु खुसि हिँड्ने गरेको उनका भाइ हरिदत्त बताए।

उनको शव नवदुर्गा गाउँपालीका–२ को प्रगतीशिल कबुलियती बन स्थित उच्चेपत्तर डाँडामा आईतबार फेला परेको थियो। शव फेला परे पछि मुचुल्का उठाई पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याईए पछि मृतकको हुलिया खुलाई आफन्तको खोजी गरिएको थियो। हुलिया खुलाईए पछि मृतकका भाइ अस्पताल पुगेर शवको सनाखत गरेको प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। शवको पोष्टमार्टम पछि उनका आफन्तको जिम्मा लगाईएको छ।

 

 

 

प्रकाशित: १४ पुस २०७६ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App