७ वैशाख २०८१ शुक्रबार
समाज

तीन लाख धरौटीमा सिद्धबाबा रिहा

फाइल फोटो

इटहरी– जर्बरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीसंग जिल्ला अदालत सुनसरीले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश गरेको छ। 

गिरीको सोमबार दिउँसो बहस सकिएर भएको थुनछेक आदेशमा जिल्लाका मुख्य न्यायधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएका हुन्। लगतै उनी तीन लाख रुपैयाँ बुझाएर रिहा भएका छन्। 

शुक्रबार गिरीको बयान लिएर आइतबारदेखि थुनछेक बहस शुरु भएर सोमबार दिउँसो टुंगिएको हो। 

गिरीले आफ्नै अनुयायीलाई चतरा आश्रममै जर्बरजस्ती करणी गरेको मंसिर १३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिएको किटानी जाहेरीका आधारमा प्रहरीले २५ दिने अनुसन्धानपछि विहीबार सरकारी वकिल कार्यालयले अदालतमा अभियोग–पत्र दर्ता गरेको थियो। 

अभियोग–पत्रमा गिरीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १, २ र ३ को (ङ्) बमोजिम कसुर पुष्टि भएकाले गर्दा त्यही ऐन अनुसार जर्वरजस्ती करणीमा कारबाही गर्न माग दाबी गरिएको छ। यो ऐन २१९ को ३ (ङ्) बमोजिम १८ वर्ष माथिको महिलामाथि जर्बरजस्ती करणीमा सात वर्षदेखि दस वर्षसम्म कैद हुने उल्लेख छ।

अभियोगपत्रमै पीडितको शारीरिक र मानसिक क्षती भएकाले गर्दा गिरीबाटै मनासिव क्षतीपूर्ति पनि दिलाउन माग गरिएको थियो।गिरीले कार्तिक ४ गते काठमाडौ बस्दै आएकी आफ्नै अनुयायीलाई आश्रममा बोलाएर जर्बरजस्ती करणी गरेकोमा महिलाले उजुरी दिएकी थिइन्। 

प्रकाशित: १४ पुस २०७६ १०:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App