coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

शिवराम र सञ्जय अग्रस्थानमा

धरान- नेपाल नम्बर एक शिवराम श्रेष्ठ र संजय लामाले सूर्य नेेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन ३ स्ट्रोकको अग्रता लिएका छन्। निर्वाण कन्ट्री क्लबस्थित ७० पारको कोर्समा पहिलो दिन शिवराम र संजयले समान ३ अन्डर ६७ स्कोर गरे। इभन पार ७० खेलेका धनबहादुर थापा तेस्रो स्थानमा रहँदा साविक विजेता भुवन नगरकोटी र स्थानीय एमेच्योर शिवबहादुर माझी समान २ ओभर ७२ स्कोरसहित संयुक्त रुपमा चौथो स्थानमा छन्। यस्तै, स्थानीय व्यावसायिक गल्फर सविन सापकोटा, रवि खड्का र एमेच्योर गजेन्द्र गुरुङ समान ३ ओभर ७३ स्कोरका साथ छैटौं स्थानमा छन्। पहिलो दिनको १८ होल सकिँदा धरानका व्यावसायिक खेलाडी देउराज पाखि्रन र बलभद्र राईको समान ४ ओभर ७४ स्कोर छ भने विकास अधिकारी, सूर्यप्रसाद शर्मा र एमेच्योर शुक्रबहादुर राईले समान ५ ओभर ७५ स्कोर गरेका छन्।

पहिलो दिन अग्रस्थानमा रहेका शिवरामले फ्रन्ट नाइनमा २ अन्डर ३३ खेले भने ब्याक नाइनमा उनको स्कोर १ अन्डर ३४ थियो। त्यस्तै, संजयले फ्रन्ट नाइनमा इभन पार ३५ तथा ब्याक नाइनमा ३ अन्डर ३३ स्कोर गरे। तेस्रो स्थानमा रहेका धनबहादुर थापाले फ्रन्ट नाइनमा २ अन्डर ३३ स्कोर गरे भने ब्याक नाइनमा २ ओभर ३७ खेले।

तीन दिनमा सम्पन्न हुने ५४ होलको प्रतिस्पर्धामा ३१ व्यावसायिक र २५ एमेच्योर गरी कुल ५६ गल्फरको सहभागिता छ। मंगलबार दोस्रो दिनको खेल समाप्तीमा अन्तिम १८ होलका लागि शीर्ष २१ खेलाडीको छनोट (कट) हुनेछ। कुल ६ लाख पुरस्कार राशी भएको प्रतियोगितामा पहिलो हुनेले १ लाख १० हजार, दोस्रो हुनेले ७० हजार र तेस्रो हुनेले ५० हजार पाउनेछन्। यसैगरी कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक गल्फरहरुले नगद पुरस्कार पाउनेछन्।

प्रकाशित: ५ पुस २०७३ ०३:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App