पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा दोब्बर

सोमबार, १४ पुष २०७६, १३ : ५८ नागरिक

पोखरा– पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।

भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा विजेतालाई एक लाख दिइएकोमा यस वर्षबाट विजेतालाई  दुई लाख पुरस्कार प्रदान गरिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः एक लाख, ७५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ। दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए। पोखरामा खेल पर्यटनको प्रवद्र्धन तथा नेपाल भ्रमण वर्ष २०२० लाई प्रतियोगिताले सघाउनेछ।

प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५, १० र पाँच हजार प्रदान गरिनेछ।पाँच किमी छात्र/छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, सात र चार हजार दिइनेछ। ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई पाँच, तीन र दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

‘विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना हुँदै आएको सिटी म्याराथनको अवधारणाअनुरुप पर्यटकीय शहर पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै  पर्यटन प्रवर्द्रधन गर्ने प्रतियोगिताको प्रमुख लक्ष्य हो,’ अध्यक्ष गुरुङले भने। 

प्रतियोगिताको तयारीका लागि विभिन्न २१ उपसमिति गठन गरी कार्य अघि बढाइएको पोखरेली मञ्च युके, हङकङ निवासी नेपाली समूदाय, सहारा यूके, नेपाली समाज बोस्टनलगायतका खेलप्रेमीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएकाले यस संस्करण विगतको भन्दा भव्य हुने आयोजकको दावी छ। 

प्रतियोगितामा सहभागीताका लागि बङ्गलादेश, भारत, श्रीलङ्का तथा पोखरा महानगरबाट भगिनी सम्बन्ध कायम भएका जापानको कोमागाने र चीनका केही शहरमा पत्राचार गरिएको र सहभागी हुने आश्वासन प्राप्त भएको मञ्चका उपाध्यक्ष हरिप्रसाद पराजुलीले जानकारी दिए। यसवर्ष प्रतियोगितामा करिब सात हजारको हाराहारीमा सहभागिता रहने विश्वास आयोजकको छ। रासस





यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad