coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

चन्द समूहका तीन कार्यकर्ता पक्राउ

काठमाडौं– जिल्ला प्रहरी कार्यालय मोरङले नेत्रविक्रम चन्द  समूहका तीन कार्यकर्तालाई  पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका–१० निवासी ५० वर्षीय कृष्ण चौलागाई भनिने नरेश चौलागाई, विराटनगर महानगरपालिका–८ निवासी ३० वर्षीय क्षितिज पौडेल र मोरङ पथरी निवासी ५६ वर्षीय चिरञ्जीवी धिताल छन्। चौलागाई समूहका मोरङ प्रमुख रहेको बताइएको छ ।

प्रहरीले पक्राउ गरेका व्यक्तिबाट पर्चा र पम्प्लेट, मोरङको बेलबारी नगरपालिका–५ रामपुरस्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउ केराघारीमा लुकाइराखेको कटुवा पेस्तोल  र ब्रिटिस ३०३ लेखिएको गोली पनि बरामद गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। उनीहरुले विभिन्न समयमा सुराकी गरेको भन्दै पक्राउ परेका हुन्।

प्रकाशित: १४ पुस २०७६ ०७:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App