७ वैशाख २०८१ शुक्रबार
समाज

मंगोलिया जान भिसा नचाहिने

काठमाडौं- नेपाल र मंगोलियाबीच कूटनीतिक तथा सरकारी (विशेष राहदानी ) वाहक नागरिकलाई  एकअर्को देशको भ्रमण गर्दा भिसा नचाहिने भएको छ। सोमबार विभिन्न सम्झौता र सहमतिमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र नेपाल भ्रमणमा रहेका मंगोलियाका विदेशमन्त्री चेन्द मुख अर्गिलबीच परराष्ट्र मन्त्रालयमा सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

मन्त्री अर्गिल नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए। नेपाल भ्रमणमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्तीसँग शिष्टाचार भेट गरेका थिए।

मंगोलिया सरकारले विश्वका सबै भूपरिवेष्टित राष्ट्रको अध्ययन एवं सहयोगका लागि एक अन्तर्राष्ट्रिय स्तरको थिंक ट्यांक स्थापना गर्न गरेको प्रस्तावलाई नेपालले स्वीकार गरेको छ।

यस्तो समूहमार्फत भूपरिवेष्टित देशका समस्याका साथै साझा चासो र सरोकारबारे अध्ययन गरी अन्तर्राष्ट्रिय समुदायमा साझा धारणा निर्माणका लागि पनि सहयोग पुर्‍याउन सक्छ।

त्यस्तै, नेपाल र मंगोलियाबीच आपसी चासोबारे गरिने द्विपक्षीय छलफलका लागि परराष्ट्र मन्त्रालयहरुबीच एक संयुक्त परामर्श संयन्त्र निर्माण गर्ने र उक्त संयन्त्रको बैठक दुवै पक्षलाई अनुकूल हुनेगरी नियमित रुपमा आयोजना गर्नेबारे सहमति भएको छ।

प्रकाशित: ५ पुस २०७३ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App