८ वैशाख २०८१ शनिबार
समाज

भूकम्प पीडितलाई डेढ लाख दिन अर्थको सहमति

काठमाडौं- भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्तामा डेढ लाख रुपैयाँ दिन संशोधन गरिएको कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयलेे सहमति दिएको छ। अर्थबाट स्वीकृति पाएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्त्रिपरिषद् कार्यालयमा पेस गरेको छ। अब कार्यविधि मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ।

मन्त्रिपरिषद्बाट कार्यविधि स्वीकृत भएपछि निजी आवास पुनर्निर्माणका लागि उपलब्ध गराइने दास्रो किस्ताको डेढ लाख रुपैयाँ भुक्तानी, गुनासो प्रणालीमा आएका गुनासाको विश्लेषणसहितको परिणाम सार्वजनिक गर्न र सम्बोधन गर्न सहज हुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए।

उनका अनुसार पुनर्निर्माण कार्यमा खटिएका प्राविधिक तथा अन्य कर्मचारीलाई कार्य सम्पादनमा आधारित प्रोत्साहन भत्ता ७५ प्रतिशतसम्म दिनेगरी तयारी भएको छ।

उनले कार्य क्षेत्रमा खटिएका प्राविधिकलाई कुनै भ्रममा नपरी आआफ्नो जिम्मेवारी पूरा गरी भूकम्प पीडितको सेवामा लाग्न आग्रह गरिएको जानकारी दिए। सरकारले भत्ता, सुरक्षा, बिमालगायतका सुविधा नदिएको भन्दै पुनर्निर्माणको काममा खटिएका ११ जिल्लाका इन्जिनियर, सबइन्जिनियर र असिस्टेन्ट सबइन्जिनियर काम ठप्प गरी आन्दोलनमा उत्रेका छन्। उनीहरूले माग पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्।

प्रकाशित: ५ पुस २०७३ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App