डडेल्धुरा- घर भत्किँदा एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका–१ ओलीगाउँको एक घर भत्किँदा बालकको मृत्यु भएको हो।
स्थानीय केशवबहादुर ओलीको घर भत्किएर उनका दुई वर्षीय छोरा किरण ओलीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार मध्यान्ह १२ बजेको समयमा जीर्ण रहेको घर भत्केको हो।
घर भत्किँदा केशवकी ३५ वर्षीया श्रीमती तारादेवी घाइते भएकी छन्। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। मृतक बालकको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पताल ल्याईएको प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले बताए।
प्रकाशित: १३ पुस २०७६ १४:०८ आइतबार