coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विष्फोटक पदार्थसहित विप्लव समूहका नेता पक्राउ

पक्राउ परेका युवालाई विष्फोटक पदार्थसहित सार्वजनिक गर्दै प्रहरी । तस्बिर: खगेन्द्र/नागरिक

ताप्लेजुङ- ताप्लेजुङ प्रहरीले मोटो परिमाणको विस्फोटक पदार्थ, कटुवा पेस्तोल र महत्वपूर्ण राजनीतिक दस्तावेजसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका एक नेतालाई पक्राउ गरेको जनाएको छ।

आइतबार बरामद भएका सामानसहित मिक्वाखोला गाउँपालिका वडा नं २ का चन्द्रबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी प्रमुख(डिएसपी) ज्ञानेन्द्रप्रसाद फुयाँलका अनुसार चन्द्रबहादुर नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको युवा परिषद्मा सकृय रहेको पाईएको छ। उनी सो पार्टीको योङ रेड फोर्सका जिल्ला सहसचिवको जिम्मेवारीमा रहेको प्रहरीले दावी गरेको छ।

प्रहरीले चन्द्रबहादुरको घरबाट गोठबाट इलेक्ट्रिक डेटोनेटर ७ थान, नन् इलेक्ट्रिक डेटोनेटर १७ थान, कटुवा पेस्तोल १ थान, जिलेटिन ४५ पिस, टाईम सेटिङ जस्तो देखिने वस्तु ३ थान,३ फिट ८ ईञ्च लम्बाईको सेफ्टी फ्युज वायरसहितका सामाग्री बरामद गरेको जनाएको छ। यस्तै ३ थान रिमोट कन्ट्रोल सेट, २ थान ब्याट्री सेट, सहयोग रसिदको एकथान बुङ, सलाईको बट्टा १ थान र पार्टीका विभिन्न दस्ताबेज बरामद गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी फुयाँलको नेतृत्वमा इलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षक समेतको सम्मिलित प्रहरी टोलीले बस्नेतको घरगोठको बिस्तृत खानतलासी गर्ने क्रममा विस्फोटक सामाग्रीसहित बस्नेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले बस्नेतलाई हात हतियार तथा खरखजना तथा विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको समेत जानकारी दिएको छ।

 

प्रकाशित: १३ पुस २०७६ ११:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App