८ वैशाख २०८१ शनिबार
समाज

नेपाल टेलिकम डडेल्धुराले निःशुल्क बाँड्यो फोर जी सिम

नेपाल टेलिकम डडेल्धुराको कार्यालय ।

डडेल्धुरा- दुरसंचार कार्यालय नेपाल टेलीकम डडेल्धुराले निःशुल्क फोर जी सिम वितरण गरेको छ। टेलिकमले शनिबार सात सय ६४ सिम कार्ड निःशुल्क बाँडेको कार्यालय प्रमुख प्रकाशराज भट्टले बताए। डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजार, खलङ्गा, तुफानडाडा, किर्तीपुरलगायत पोखरा, भात्कांडा, भित्रिमधेशको सादनी, गोदाममा नेपाल टेलिकमको फोर जी सेवा सुचारु गरेपछि ग्राहकलाई निःशुल्क रुपमा सिम वितरण गरेको हो।

टेलिकमले शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म कार्यालयमा सिम लिन आएकाहरुलाई निःशुल्क फोर जी सिमा बाँडेको उनले बताए। पुरै जिल्लामा फोर जी सेवा विस्तारको काम भई रहेको छ। उनले भने, केही महिनाभित्रै पुरै जिल्लामा नेपाल टेलिकमको एनटिसी सिममा फोर जी सञ्चालन हुनेछ।

कतिपय पुराना सिम कार्डमा फोर जी सेवा नचल्ने भएकाले निःशुल्क रुपमा नँया सिम कार्ड वितरण गरेको उनले बताए। फोर जी सेवा नचल्ने ग्राहकहरुले टेलिकमको कार्यालयमा नागरिकता वा विद्यार्थी परिचय पत्रको प्रतिलिपिसँगै एक प्रति फोटो ल्याई फाराम भरी पेस गरे त्यही नम्बरको फोर जी सेवा चल्ने नयाँ सिम कार्ड निःशुल्क रुपमा नै उपलब्ध गारईने उनले बताए।

पुरानो सिममा स्टार ४४४ ह्याच डायल गरी फोर जी सेवा संचालन गर्न सकिन्छ। उनले भने, यदी यसो गर्दा पनि सपोर्ट गरेन भने कार्यालय समयभित्र टेलिकमको कार्यालयमा आई पुरानै नम्बरको फोर जी चल्ने नयाँ सिम कार्ड हामीले ग्राहकलाई निःशुल्क रुपमा उपलब्ध गराउछौ।
 

 

प्रकाशित: १३ पुस २०७६ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App