६ वैशाख २०८१ बिहीबार
समाज

रारामा पाइने विश्वकै दुर्लभ असला माछा धमाधम मर्न थाले

मुगु– नेपालको सबै भन्दा ठुलो ताल रारामा रहेका माछा धमाधम मर्न थालेका छन्। एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन्।

रारा तालमा रहेका असला माछा धमाधम मर्न थालेपछि रारा ताल दुर्गन्धित भएको छ। जंगलको विषादीका कारण माछा मरेको अनुमान गरिएको छ। मरेका माछा खान रारा मध्यवर्ती बस्तीका बासिन्दा पनि डराएका छन्। 

‘अहिले ताल वरपरको वातावरण नै दुषित भएको छ’ मुर्मा गाउँका बिर्खबहादुर रोकायाले भने,‘एक सातादेखि तालमा माछा मरेर तैरिन थालेका हुन्।’ 

यता रारा राष्ट्रिय निकुञ्जले भने विषादीयुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुन सक्ने अनुमान गरेको छ। ‘हिमपातले गर्दा वनजंगलको विषादीयुक्त जडीबुटी बगेर तालमा आउँदा माछा मरेको हुनसक्छ’, निकुञ्ज अधिकृत लालबहादुर भण्डारीले भने ‘यसबारे अनुसन्धान भइरहेको छ।’

करिब २९ सय २९ मिटर उचाइमा रहेको तालमा असला माछा नासिने चिन्तामा स्थानीय छन्। रारातालमा यस खाले घटान पहिलो पटक देखा परेको स्थानीय बताउँछन्।

नेपालमा पाइने ३ प्रजातिका असला माछा मध्ये १ प्रजातिका असला माछा रारातालमा पाइन्छ। जुन विश्वकै दुर्लभ माछा हो। माछाको संरक्षणमा नेपाल सरकारले बिशेष ध्यान दिनु पर्ने रारा पर्यटन बिकास समितिका अध्यक्ष देविकृष्ण रोकायाले बताए।

प्रकाशित: १३ पुस २०७६ ०६:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App