६ वैशाख २०८१ बिहीबार
खेल

अप्रत्यासित हारसँगै सिटीको उपाधि होडमा धक्का

लन्डन – इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा धक्का लाग्दा पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले वुल्भरह्याम्प्टनसँग अप्रत्यासित हार बेहोरेको छ। दुई गोलको अग्रताका बाबजुद सिटीले शुक्रबार वुल्भरह्याम्प्टनसँग ३–२ को हार बेहोरेपछि उपाधि रक्षामा धक्का लागेको छ। १२औं मिनेटमा गोलकिपर एडर्सनले रातो कार्ड बेहोर्दा १० खेलाडीमा सीमित सिटीले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो। एक खेलाडी कमीको बाबजुद सिटीका लागि रहिम स्टर्लिङले दुई गोल गरेका थिए।

तर, सिटीले त्यो अग्रता जोगाउन नसक्दा हार बेहो-यो। यता, वुल्भरह्याम्पटन पनि उत्कृष्ट पुनरागमन गर्न सफल भयो। वुल्भरह्याम्प्टनका एडमा ट्राओरले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए। मेक्सिकन स्टार राउल जिमिनेज खेल सकिन ८ मिनेट बाँकी छँदा गोल गरेपछि वुल्भरह्याम्पटन २–२ गोलको बराबरीमा फर्किएको थियो। म्याट डोहर्टीले निर्णायक गोल गर्दै ८९औं मिनेटमा वुल्भरह्याम्टनलाई सनसनीपूर्ण जित दिलाउँदै घरेलु समर्थकलाई उपहार प्रदान गरेका थिए।

सिटीका प्रशिक्षक ग्वार्डिओलाले एक खेलाडी कम हुँदा आफ्नो खेलाडी निकै थकित भएकाले हार बेहोरेको बताए। ‘हाम्रा खेलाडी निकै थकित थिए, त्यसैले गोल बेहो-यौं। १० खेलाडीले लामो समयसम्म नतिजा रक्षा गर्न असम्भव नै हुन्छ,’ ग्वार्डिओलाले भने। उनले खेलाडीको प्रदर्शनबाट आफू सन्तुष्ट नै रहेको प्रतिक्रियासमेत दिए। ‘आजको नतिजाले दुःखी छैन, मेरा खेलाडीले राम्रो खेलेका हुन्। १० खेलाडीले सबै थोक गर्न सकिन्छ भन्ने हुँदैन,’ ग्वार्डिओलाले भने, ‘उनीहरूले ८० मिनेटसम्म रोकेकै हुन्। तर, थकित भइसकेका थिए, त्यसैले गोल खान पुग्यौं।’

पराजित सिटी तेस्रो स्थानमा रहँदा शीर्ष स्थानको लिभरपुलसँग १४ अंकले पछाडि परेको छ। सिटीको यो नतिजासँगै लिभरपुललाई उपाधि होड थप बलियो देखिएको छ। तेस्रो सिजन बलियो स्थितिमा देखिएको छ। ‘लामो समयसम्म लिभरपुलसँग फराकिलो अंकले पछाडि परेका छौं। तर, अहिले नै उपाधिनजिक पुग्यौं भन्नुचाहिँ गलत हो,’ ग्वार्डिओलाले भने, ‘अहिले नै उपाधिनजिक पुग्यो भन्नु सही होइन र अनुमान गर्नुमा सत्यता पनि हुनेछैन। त्यसैले हामी पनि आगामी खेलमा जित निकाल्नेतर्पm केन्द्रित भएका छौं।’

यता, सनसनीपूर्ण जित निकालेको वुल्भरह्याम्प्टन पनि लिगको अंकतालिकामा फराकिलो फड्को मार्दा पाँचौं स्थानमा पुगेको छ। वुल्भरह्याम्प्टनले सन् १९६०–६१ पछि पहिलोपटक सिटीलाई लगातार खराब नतिजा बेहोर्न बाध्य बनाएको छ। गत अक्टोबरमा इतियाद स्टेडियममा भएको प्रिमियर लिगमा पनि सिटी वुल्भरह्याम्प्टनसँग २–० ले स्तब्ध भएको थियो। ग्वार्डिओलाका लागि खराब रात बनेसँगै सिटीले लिगमा पाँच हार सामना गरेको छ।

आर्सनल र लेस्टर सिटीमाथि रबाफिलो जित निकालेको सिटीले मोलिमेअक्स स्टेडियमको क्लब वुल्भरह्याम्प्टनविरुद्ध भने त्यो सफलता दोहो¥याउन सकेन। डिएगो जोटाले सिटीका डिफेन्सलाई पार गर्दै अगाडि बढाएको बलमा रोक्ने क्रममा गोलकिपर एडर्सनले पेनाल्टी क्षेत्रभन्दा बाहिर खराब फउल गर्न पुगे। त्यससँगै सिटीले सर्जियो अग्वेरोलाई आराम दिँदै दोस्रो रोजाइका गोलकिपर क्लाउडियो ब्राभोलाई मैदान छिराएको थियो। त्यसका बाबजुद सिटी २५औं मिनेटमा पाएको पेनाल्टी अवसरमार्पmत अग्रता लिन सफल भयो।

वुल्भरह्याम्प्टनका लिन्डर डेनडोंकरले अल्जेरियन स्टार रियाद माहरेजलाई लडाएपछि भिआरमार्पmत सिटीले पेनाल्टी पाएको थियो। निकै नाटकीय पेनाल्टी प्रहारमा स्टर्लिङलाई वुल्भरह्याम्प्टनका गोलकिपर रुइ प्याट्रिसियोले असफल बनाउन सफल भए। तर, वुल्भरह्याम्प्टनका खेलाडीले लाइन क्रस गरेको भन्दै खेल रेफ्रीले पुनः सिटीलाई पेनाल्टी अवसर दिए। यसपटक पनि स्टर्लिङको पेनाल्टी प्रहार प्याट्रिसियोले रोके पनि रिबाउन्डमा आएको बलमा स्टर्लिङले गोल गर्न सफल भए।

खेलेको ५०औं मिनेटमा स्टर्लिङले दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाएपछि सिटी बलियो देखिएको थियो। अफसाइड ट्र्याप बिट गरेका स्टर्लिङले केभिन डी ब्रुयनको पासमा बललाई जाली चुमाएका थिए। तर, रोमाञ्चक बनेको खेलमा वुल्भरह्याम्प्टनले सहजै हार मानेन। सिटीका मिडफिल्डले गुमाएको बल पोसेसनको लयमा वुल्भरह्याम्प्टनले फाइदा लियो। ५५औं मिनेटमा ट्राओरेको गोलबाट खेलमा फर्किने संकेत दियो।

ट्राओरेकै क्रसमा जिमिनेजले गोल गर्दै वुल्भरह्याम्प्टनलाई २–२ को स्थितिमा फर्काएसँगै सिटीका खेलाडीले घुँडामा हात लगाउँदै नैराश्यता प्रकट गरेका थिए। ८९औं मिनेटमा वुल्भरह्याम्प्टनले सिटीलाई अर्को झड्का दिँदै अग्रता लियो। जिमिनेजको ब्याकहिल पासमा डोहर्टीले गोल गर्दै वुल्भरह्याम्प्टनलाई तीन अंक दिलाए।

प्रकाशित: १३ पुस २०७६ ०३:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App