coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

सामूहिक हत्याका घटना बढे

अमेरिका (एजेन्सी)– सन् २०१९ नयाँ वर्ष शुरु भएको पहिलो महिनामै एक व्यक्तिले नाबालिकासहित एकै परिवारका ४ जनाको बन्चरो प्रहार गरी हत्या गरे। त्यसको पाँच महिनापछि भर्जिनियाको एउटा काम गर्ने स्थानमै १२ जनाको सामूहिक हत्या भयो। गत अगस्तमा एल पासोको वालमार्टमा २२ जनाको सामूहिक हत्या भयो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार एपी, युएसए टुडे र उत्तरपूर्वी विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार सन् २०१९ मा अमेरिकामा सामूहिक हत्याका घटना बढेको देखाएको छ। सन् १९७० को दशक पछि हेर्दा यसवर्ष सामूहिक हत्याको तथ्यांक बढेको अध्ययन तथ्यांकले बताइएको छ। घटेका ४१ वटा सामूहिक हत्या भएका थिए। घटनामा चार वा त्यसभन्दा बढी अपराधी संलग्न रहेको पत्ता लगाइएको थियो। ३३ वटा गोलीकाण्डबाट २ सय १० जना मारिएका थिए। धेरैजसो सामूहिक हत्याका घटना सार्वजनिक स्थानमा भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाका एल पासो, ओडिसा, टेक्सास, डेटन, भर्जिनिया विच, जर्सी सिटीलगायतका स्थानमा सामूहिक नरसंहारका घटना भएका थिए। प्रायःजसो घटनामा मारिएकाहरू आफन्त, एकै परिवारका रहेका भेटिएका छन्। हत्या हुनुको कारण पारिवारिक विवाद, ड्रग गिरोहबीचको वादविवाद, आफन्तमा रिसरागका कारण भएको अध्ययनमा देखिएको छ।

२०१९ को सबैभन्दा पहिलो सामूहिक हत्या एकजना ४२ वर्षे व्यक्तिले बन्चरो र चक्कु प्रहार गरी आमासहित, दोस्रो बाबु, गर्लफ्रेन्ड, ९ महिनाकी छोरीलाई मारेका थिए। यो घटना क्लाकमासको ओरेगनमा भएको थियो। त्यस घटनामा एकजना सँगै कोठामा बस्ने व्यक्ति र आठ वर्षकी बालिका भाग्न सफल भएका थिए। घटनापछि प्रहरीले हत्यारालाई गोली हानी मारेको थियो। धेरैजसो घटनामा अपराधीले चलाखीपूर्ण र रहस्यमय तरिकाले हत्या गरेको भेटिएको छ।

नौवटा सामूहिक गोलीकाण्ड सार्वजनिक स्थानमा भएका छन्। कतिपय घर, काम गर्ने स्थान र बारलगायतका स्थानमा सामूहिक रूपमा मान्छे मारिएका छन्। ती अपराधी कहिलेकाँहि प्रहरीसँग मुठभेडसमेत गरिसकेका थिए। कतिपय अपराधीले आफ्नै परिवारमाथि आक्रमण गरी हत्या गरेका छन्। अपराधको टे«न्ड हेर्दा सन् १९७० र १९८० को दशकमा सिरियल किलर पनि थिए। सन् १९९० मा एउटा स्कुलमा विद्यार्थीमाथि गोली चलाइएको थियो। त्यसैगरी सन् २००० को शुरुवातमै बालबालिका अपहरणमासमेत परेका थिए।

यस वर्ष भएका घटनामा दुई सय ११ जना मानिस मारिएका छन्। यस वर्ष भएका सामूहिक घटनाले सन् २०१७ मा मारिएका २२४ जनाको हत्यालाई समेत ओझेलमा पारिदिएको छ। आधुनिक अमेरिकी इतिहासमा सबैभन्दा खतरनाक गोलीकाण्ड सन् २०१७ मा लासभेगासमा भएको थियो।

प्रकाशित: १३ पुस २०७६ ०३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App