अमेरिका लैजाने भन्दै थाइल्यान्ड पुर्‍याई अलपत्र पार्नेक्रम बढ्दो

सोमबार, ०४ पुष २०७३, १८ : ३४ नागरिक

काठमाडौँ- मानव तस्कर दलालले अमेरिका, युरोपलगायत महादेशमामा लैजाने भनी नेपालीलाई पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड पुर्‍याई अलपत्र पार्ने क्रम पछिल्लो समय बढ्दै गएको छ।

मानव तस्करले अमेरिका, अस्ट्रेलिया, क्यानडा, दक्षिण कोरिया तथा युरोपका केही मुलुकलगायत आकर्षक देशमा प्रवेशाज्ञा लगाई पठाइदिने प्रलोभनमा पारी ठग्दै आएकाले त्यसमा नपर्न थाइल्यान्डस्थित नेपाली दूतावासले आज विज्ञप्ति जारी गर्दै आग्रह गरेको छ। तस्करले आकर्षक गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्न थाइल्यान्डबाट सहज हुने तथा त्यहाँबाट त्यस्ता देशमा जानसमेत सजिलो हुने जनाउँदै नेपालीलाई सुरुमा सम्बन्धित देशको प्रवेशाज्ञा लागेपछि मात्रै रकम दिने सर्तमा राजधानी बैंकक बोलाउने गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, “थाइल्यान्ड आइसकेपछि अनेक बहाना बनाएर सकेसम्म धेरै पैसा मगाउन लगाई निजबाट लिने र कानुनी रुपमा थाइल्यान्ड बस्न पाउने अवधि समाप्त भई अवैधानिक भएपछि यहाँका प्रहरी प्रशासनलाई खबर गरी/गराई पक्रन लगाउने वा प्रवेशाज्ञाको अवधि बढाउनका लागि छिमेकी मुलुक (मलेसिया, सिङ्गापुर, कम्बोडिया आदि) गएर आउन सुझाउने र त्यहाँ गइसकेपछि ती मुलुकबाट थाइल्यान्डको प्रवेशाज्ञा उपलब्ध नहुने हुँदा त्यतै अलपत्र परी नेपाल फर्कन बाध्य पार्ने गरेको देखिन्छ।”

कतिपय अवस्थामा विकसित देशको नक्कली प्रवेशाज्ञा लगाएर कबोल गरे जति रकम असुल गरी पीडितलाई नक्कली प्रवेशाज्ञा दिने र सोको सूचना त्यहाँका प्रहरी प्रशासनलाई दिई पक्राउ गराउनेजस्ता कार्यसमेत भएको दूतावासले जनाएको छ।

मानव तस्करले आफ्नो वास्तविक परिचय नखुलाई नक्कली नाम र ठेगाना बताएर ठग्ने हुँदा पीडितले तिनविरुद्ध उजुरी गर्नसमेत नसक्ने अवस्थाको सिर्जना हुने र पीडित नै प्रहरीद्वारा पक्राउ पर्ने गरेको देखिएको छ। पीडकको नाम र ठेगाना दिन नसक्ने अवस्थामा प्रहरीले पक्राउ परेका पीडितलाई कानुनी रुपमा दोषी ठहर्‍याई कारबाहीमा पार्ने गरेका छन्। थाइल्यान्डबाट मात्र नभई छिमेकी मुलुक कम्बोडिया, लाओस, भियतनामबाट समेत यस प्रकारको ठगी धन्दा मौलाउन थालेको दूतावासले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, “आफू ठगिनुभन्दा अगाडिसम्म यस राजदूतावासमा जानकारी गराएमा आफू गन्तव्य मुलुकको प्रवेशाज्ञा प्राप्त गर्नबाट वञ्चित भइने डरले यस राजदूतावासलाई जानकारी नगराउने र सम्पूर्ण रुपमा ठगिइसकेपछि मात्र यस राजदूतावासमा सम्पर्क गर्न आउने गरेका कारणले गर्दा पनि समयमै ठगिनबाट बचाउन नसकिने अवस्था छ।” मानव तस्कर र दलालले भन्ने गरे झैँ नेपालीलाई थाइल्यान्ड, कम्बोडिया, लाओस आदिबाट विकसित मुलुकको प्रवेशाज्ञा सहज रुपमा प्राप्त नहुने भएकाले यसप्रति सचेत हुन र मानव तस्करको प्रलोभनमा नपर्न सबै नेपालीलाई आग्रह गरिएको छ।

महानगरीय अपराध महाशाखाका प्रमुख, वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले पछिल्लो दिनमा थाइल्यान्ड लैजाने बहानामा आफहरु ठगिएको जनाई उजुरी आउनेक्रम बढ्दै गएको जानकारी दिए। उनले भने,“उजुरीका आधारमा केही मानव तस्करलाई पक्राउ गरिएको छ र पीडितलाई रकमसमेत दिलाइएको छ।” ठगीमा परेकाहरुलाई महाशाखामा आई उजुरी दिनसमेत उनले आग्रह गरे। रासस

 







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad