८ वैशाख २०८१ शनिबार
समाज

निजी आवास निर्माण अन्तिम चरणमा

रसुवा - रसुवामा भूकम्प गएको साढे चार वर्षपछि निजी आवास पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। अनुदान सम्झौता गरेकामध्ये करिब ९० प्रतिशत घर बनिसकेका छन्। निजी आवास पुनर्निर्माणको समयसीमा सकिन लागेपछि प्रभावितले आवास निर्माणलाई तीव्रता दिएका हुन्।

लाभग्राहीको सूचीमा पीडित थपिँदै गएको र पुनर्निर्माणको कार्यले पनि गति लिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय रसुवाले जनाएको छ। गुनासो फाराम भरेका एक हजार सात सय ३८ जनामध्ये नौ सय ६३ जनाको गुनासो फछ्र्योट भएर आएको छ। जसमा एक सय ६२ पुनर्निर्माण लाभग्राही कायम भएका छन्। ३२ जनाको सामान्य मर्मत सम्भार गर्नुपर्ने देखिएको छ। सात सय ५६ जना लाभग्राही लाभग्राहीको सूचीमा परेका छन्। आठजना लाभग्राहीको पहिले नै कायम भएको देखिएको छ।

जिल्लाका ९० प्रतिशत लाभग्राहीले तेस्रो किस्ता लिएका एकाइ प्रमुख लेखनाथ पोखरेलले बताए। पुनर्निर्माणको समयसीमा सकिनै लाग्दा जिल्लाका ९०.३५ प्रतिशतले तेस्रो किस्ता बुझेका हुन्। जिल्लामा १२ हजार पाँच सय ७८ लाभग्राही छन्। तीमध्ये ११ हजार आठ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ। जसमा ११ हजार ८ सय १९ ले पहिलो, ११ हजार ३ सय ५६ ले दोस्रो र १० हजार ७ सय १७ ले तेस्रो किस्ता बुझेका छन्। ९४.४१ सँग सम्झौता भएको छ। सम्झौता गरेकामध्ये ९९.५२ पहिलो, ९५.६२ ले दोस्रो र ९०.२४ प्रतिशतले तेस्रो किस्ता लिएको कार्यालयले जनाएको छ।

जिल्लामा रहेका २७ वटा वडामध्ये १४ वटा वडामा ९० प्रतिशतभन्दा बढी निजी आवासको निर्माण सकिएको छ। ९० प्रतिशतभन्दा बढी प्रगति भएको वडालाई शनिबार कार्यालयले सम्मान गरेको छ। गाउँपालिकाहरू गोेसाइँकुण्डको वडा १, कालिकाका १ देखि ४, नौकुण्डका ६ वटै वडा, आमाछोदिङमोको वडा १ र उत्तरगयाका वडा ३ र ४ मा ९० प्रतिशतभन्दा बढी आवास निर्माण भइसकेका छन्।

प्रकाशित: १३ पुस २०७६ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App