coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

लागुऔषधको दलदलमा मधेस, खुला सीमादेखि काठमाडौंसम्म सञ्जाल

लहान - सीमापारि भारतबाट काठमाडौं लैजान ल्याउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सशस्त्र प्रहरीले सीमावर्ती बरियारपट्टी–३ चमारटोलबाट लहान नगरपालिका–११ का २६ वर्षीय उदयनारायण चौधरीलाई शुक्रबार पक्राउ ग-यो। प्रहरीले चौधरीको साथबाट लुपिजेसिक, नोर्फिन, फेनार्गन, डाइजिल्यापलगायत सात सय ६१ थान सुई बरामद गरेको छ। भारतीय सहर लदनियबाट स१०प ७१५३ नम्बरको मोटरसाइकलमा आइरहेका चौधरीलाई जाँच गर्ने क्रममा उनले बोकेको झोलाबाट उक्त परिमाणको लागुऔषध बरामद भएको सिरहाका सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए।

बलश्रबिहीबार भारतीय सहर जयनगरबाट भिœयाउँदै गरेको ठूलो परिमाणको लागुऔषधसहित सिरहा प्रहरीले नगरहा गाउँपालिका–४ का २६ वर्षीय मोहम्मद एमामुदिन र सिरहा नगरपालिका–४ रमौलका १९ वर्षीय मोहम्मद रहिमलाई पक्राउ ग-यो। दुवैको साथबाट प्रहरीले एक हजार चार सय ३० थान नाइट्रोजन ट्याबलेट बरामद गरेको छ।

दुवैले स५प ५०७५ नम्बरको मोटरसाइकलमा झोलामा लुकाई ल्याइरहेको सो लागुऔषध सीमावारिको सहरमा भण्डारण गरी काठमाडौंसहित अन्य जिल्लामा सप्लाई गर्न भिœयाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पुस ७ गते प्रहरीले सीमावर्ती बरियारपट्टी गाउँपालिकाबाट लागुऔषधसहित सुखीपुर नगरपालिका–९ का २६ वर्षीय मनोजकुमार चौधरीलाई पक्राउ ग¥यो। उनलाई दुई सय २४ थान नाइट्रोभेट ट्याबलेटसहित पक्राउ गरी कारबाही चलाइएको छ। उनी लागुऔषध कारोबारी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ।

त्यसअघि प्रहरीले सिरहाको गोलबजार नगरपालिका–६ डोहोटियाबाट करिब आठ ग्राम खैरो हिरोइन (ब्राउन–सुगर) सहित २२ वर्षीय वीरेन्द्र यादव र २१ वर्षीय भरत पासवानलाई पक्राउ ग-यो। सानो र ठूलो गरी ९० पोका बनाई बिक्री गर्न तयारी अवस्थामा लुकाएर राखेको खैरो हिरोइनसहित पक्राउ परेका यादव र पासवानलाई लागुऔषध कारोबारमा मुद्दा चलाइएको छ।

असार २३ गते प्रहरीले गोलबजार नगरपालिका–५ बाट ६ ग्राम तीन सय मिलिग्राम ब्राउन सुगरसहित २५ वर्षीय बलिराम महतोलाई पक्राउ ग-यो। असार ८ गते धनगढीमाई नगरपालिका–१० श्यामपुरबाट आठ किलोग्राम चरेससहित दुईजना पक्राउ परेका थिए।

लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सिराहामा पक्राउ पर्नेको संख्या दिनैपिच्छे थपिने गरेको छ। लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर प्रदेश दुईका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि ‘सीमादेखि सहरसम्म’ विशेष सर्च अभियान सञ्चालन गरेको छ। प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू धमाधम पक्राउ पर्न थालेका छन्।

भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषध सीमाबाट नेपालका विभिन्न सहरहुँदै सङ्घीय राजधानी काठमाडौँसम्म पुग्ने गरेको पाइएको छ। भारतसँगको खुला सिमाना तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुला बेचबिखनलगायत कारणले सिरहामात्र नभई प्रदेश दुईका सीमावर्ती गाउँ–सहर लागुऔषध कारोबारीको ‘अखडा’ को रूपमा प्रयोग हुँदै आएको छ।

लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट प्रदेश दुईका सीमावर्ती सहरहरू हुने गरेका छन्। सिरहालगायत जिल्लामा केही समयको फरकमा कारोबारीहरू समात्न थालिएपछि कारोबारीहरूको सक्रियता विस्तारै घट्दै गएको प्रहरीको दाबी छ। प्रहरीले नियन्त्रण अभियानलाई कडाइसाथ अघि बढाएकाले लागुऔषधको संगठित गिरोह भताभुंग हुन थालेको सिरहा प्रहरी प्रमुख (एसपी) उमाप्रसाद चतुर्वेदीले बताए। तर खुला सिमाना र नयाँनयाँ कारोबारी थपिँदै गएका कारण लागुऔषध कारोबार पूर्ण नियन्त्रण गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ।

आर्थिक वर्ष २०७२/०७३ मा लागुऔषधअन्तर्गत दर्ता भएको ५२ मुद्दामा ७८ जना, २०७३/०७४ मा ७० मुद्दामा ९० जना, २०७४/०७५ मा ६७ मुद्दामा एक सय दुईजना र २०७५/०७६ मा एक सय १८ मुद्दामा एक सय ३८ जना पक्राउ परेका छन्। त्यसैगरी चालू आर्थिक वर्षको पुस १२ सम्म लागुऔषधअन्तर्गत दर्ता भएका ६८ मुद्दामा ८८ जना कारोबारी पक्राउ परिसकेका छन्।

लागुऔषध मुद्दामा पक्राउ पर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ। गत वर्ष तथा यस वर्ष पक्राउ परेका लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि २५ वर्ष उमेर समूहका युवा धेरै छन्। प्रदेश दुई प्रहरी कार्यालय जनकपुरका प्रमुख (डिआइजी) प्रद्युम्न कार्कीका अनुसार लागुऔषध कारोबारीको सञ्जाल भत्काउन शून्य सहनशीलता अपनाएर कारबाही तीव्र पारिएको छ।

गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौंमात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ। तीन ‘स’ अर्थात् सुलभता, संगत र सिकोका कारण युवापुस्ता लागुऔषधको डरलाग्दो भुमरीमा फँसिरहेका छन्।

लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ। सीमापारि, मधेस र पहाडका युवाहरूको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पु¥याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पु¥याउने गरेको तथ्य फेला परेको सिरहा प्रहरी प्रमुख चतुर्वेदीले बताए। एसपी चतुर्वेदीका अनुसार सीमादेखि सहरसम्म निगरानी बढाएर नियन्त्रण अभियान सञ्चालन गरिएको छ।

‘लागुपदार्थको बढ्दो प्रयोगले सुरक्षामा चुनौती थपिन्छ,’ प्रहरी उपरीक्षक चतुर्वेदी भन्छन्, ‘लागुपदार्थ प्रयोगकर्ता आफ्नो लागेको कुलत पूरा गर्न लागुऔषध किन्ने पैसाका लागि जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन्।’ लागुऔषध प्रयोग गर्ने युवाहरूकै कारण प्रदेश दुईमा लुटपाट, चोरी, डकैतीजस्ता अपराधका घटना बढ्दै गएका छन्। यहाँ हुने लुटपाट, चोरी, डकैतीलगायत प्रायः घटनामा लागुपदार्थ प्रयोगकर्ता संलग्न रहने गरेको प्रहरीको भनाइ छ। आफ्नो नसामा लागि आवश्यक पैसाको जोहो गर्न उनीहरू जस्तोसुकै अपराध गर्न पनि पछि पर्दैनन्। अभिभावकले पनि छोराछोरीलाई निगरानी नगर्ने र खुला छोडिदिनाले लागुऔषधको दुव्र्यसन बढ्दै गएको सामाजिक अभियन्ता नवीनकुमार यादव बताउँछन्।

भारतसँगको लामो र खुला साँधको लाभ उठाउँदै प्रहरीलाई छल्दै लागुऔषध कारोबारीहरू लागुऔषध सीमावारि भिœयाउन सफल भए पनि सहरसम्म आइपुग्दा सुरक्षाकर्मीबाट पक्राउ खाने गरेको पाइएको सशस्त्र प्रहरी उपरीक्षक प्रवीण कँडेलले बताए। पछिल्लो समय स्थानीय सरकारसँग समेत समन्वय गरेर लागुऔषध नियन्त्रण अभियानलाई पिँधसम्मै कडाइका साथ सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

प्रहरी छल्न स्टिकरबिनाका सुई
सीमापारिबाट भित्रिने र पक्राउ गरेका कारोबारीबाट बरामद भएका लागुऔषधमा सुईको संख्या बढी रहेको छ। नोर्फिन, नाइट्रोभेट, डाइजिल्याब, फेनार्गनलगायत सुई कारोबारीहरूले सीमापारिबाट भिœयाउने गरेको प्रहरी तथ्यांकबाट देखिन्छ। नेपाल सरकारले लागुऔषध भनेर प्रतिन्ध गरेका यी मनोद्वीपक औषधिहरूको सूची सीमादेखि सहरसम्मका प्रहरीसँग छ।

पछिल्लो समय सिरहामा लागुऔषध कारोबारीमाथि निगरानी बढेसँगै कारोबारीहरूले प्रहरीलाई छल्ने नयाँनयाँ जुक्ति रच्ने गर्छन्। शुक्रबार सीमावर्ती बरियारपट्टीबाट पक्राउ परेका लागुऔषध कारोबारी उदयनारायण चौधरीबाट बरामद लागुऔषध सुईमध्ये अधिकतर बिनास्टिकर भेटिएका छन्।

चौधरीको साथबाट नोर्फिनलगायत विभिन्न सुईको स्टिकर छुट्टै र बिनास्टिकरका सुई छुट्टै बरामद भएको थियो। ‘सात सय ६१ थान सुईमध्ये नोर्फिन लेखिएको स्टिकसहितका सुईसँगै बिनास्टिकरका सुई पनि छन्,’ उपरीक्षक चतुर्वेदीले भने, नौ सय ९५ थान नोर्फिनलगायत सुईको स्टिकरसमेत बरामद भएको छ।’ उपरीक्षक चतुर्वेदीका अनुसार प्रहरीका आँखा छल्नका लागि भारतबाट सादा (बिनास्टिकर) सुई भिœयाएर स्टिकर लगाई सप्लाई गर्ने गिरोहका नाइके उनै चौधरी हुन्। उनी यसअघि पनि लागुऔषध मुद्दामा दुई वर्ष कैद भुक्तान गरी जेलमुक्त भएका कारोबारी हुन्।

प्रकाशित: १३ पुस २०७६ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App