७ वैशाख २०८१ शुक्रबार
खेल

हत्या गरिएका प्रअको स्मृतिमा भलिवल प्रतियोगिता

चिसापानीमा राखिएको शहीद हर्कबहादुर राईको शालिक । तस्बिर: नागरिक

खोटाङ– खोटाङमा द्धन्द्धको समयमा १८ वर्षअघि हत्या गरिएका प्रअको स्मृतिमा अन्तर मावि स्तरिय भलिवल प्रतियोगिता हुने भएको छ।

२०५८ साल माघ ३ गते हत्या गरिएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी माविका तत्कालिन प्रअ हर्कबहादुर राईको स्मृतिमा आगामी माघ ३ गतेदेखी ५ गतेसम्म अन्तर मावि स्तरिय भलिवल प्रतियोगीता गर्न लागिएको हो। शहीद हर्कबहादुृर राई स्मृति प्रतिष्ठानको आयोजनामा चिसापानी नमूना माविको प्राङ्गणमा प्रतियोगीता गर्न लागिएको प्रतिष्ठानका सचिव बाजिन्द्र बिष्टले बताए।

भलिवल प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २५ हजार रुपैयाँ, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार रुपैयाँ र तेश्रो स्थान प्राप्त समुहले १० हजार रुपैयाँ प्राप्त गर्ने छन्। भलिवल प्रतियोगीताका साथमा अन्तर मावि स्तरिय एकल छात्रा नृत्य प्रतियोगीताकोसमेत आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रम कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।

नेपाल शिक्षक संघ खोटाङका तत्कालिन अध्यक्ष रहेका राईलाई तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले विद्यालयबाट अपहरण गरी काहुले, डम्बर्खुशिवालय र चिसापानीको सिमामा पर्ने हुम्मापोखरीमा लगेर हत्या गरेको आफन्तको भनाइ छ। किरात वर्कर्स पार्टीबाट नेकपा माओवादीमा प्रवेश गरेका कार्यकर्ताले राईको हत्या गरेका थिए।

कार्यरत विद्यालय नजिक राखिएको राईको समाधिस्थल महिना दिनपछि उत्खनन गरी चिसापानीको बिपीचोकमा लगेर जलाइएको घटना रहस्यमय रहेको प्रतिष्ठानका सचिव बिष्टले बताए। द्धन्द्ध कालमा मारिएका शिक्षक राईलाई नेपाल सरकारले शहीद घोषणा गरिसकेको छ।

 

प्रकाशित: १२ पुस २०७६ १२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App