coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भ्रमण वर्षको प्रचारमा घुमफिर

जिल्ला समन्वय समिति महासंघको टोली लगायत । तस्बिर:दमन/नागरिक

खोटाङ– जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ ले भ्रमण वर्षको सफलताका लागि प्रचारात्मक कार्यक्रम गरेको छ। महासंघको बिहिबार र शुक्रबार खोटाङको दिक्तेलमा आयोजित आठौं पूर्ण बैठकको अवसरमा महासंघले नेपाल भ्रमण वर्षलाई फलदायी बनाउन दुई दिने प्रचारात्मक कार्यक्रमको आयोजना गरेको हो।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को प्रचार–प्रसार एवं प्रवद्र्धन गर्ने उद्देश्यले महासंघकातर्फबाट प्रदेशका १४ जिल्लामध्ये खोटाङबाट भ्रमण वर्षको बारेमा प्रचारात्मक कार्यक्रम सुरु गरिएको जिल्ला समन्वय समिति महासंघ प्रदेश नम्वर १ का अध्यक्ष एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए।

जिल्ला समन्वय समिति महासंघको केन्द्रीय अध्यक्ष सिता सुन्दास, महासंघका केन्द्रीय अध्यक्ष सुन्दास, प्रवक्ता नवराज गेलाल, महासंघका सदस्य, विभिन्न जिल्लाका समन्वय समितिका प्रमुख लगायत सयन्दा बढी अतिथि/पाहुनाको आगमनको अवशर पारेर जिल्लामा भ्रमण वर्षको प्रचारात्मक अभियान चलाइएको हो। भ्रमण वर्षको प्रचार–प्रसार र सफलताका लागि सहभागीलाई खोटाङको विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा भ्रमण गराएर पर्यटन प्रवद्र्धनका लागि माहोल सिर्जना गर्ने प्रयास गरिएको अध्यक्ष चाम्लिङले बताए।

बिहिबार भ्रमण वर्षको प्रचारात्मक अभियानको शुभारम्भ गरे लगत्तै अतिथिलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको भुलभुले दुधकुण्ड, रुवालुङ झरना, झाँक्री गुफाको भ्रमणमा लगिएको थियो। टोलीलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै मझुवागढी कालिका भगवती मन्दीर, बुधेश्वर महादेवको भ्रमण गराइएको छ। यस्तै, किरात समुदायको उद्गम थलोकारुपमा रहेको तुवाचुङ जायजुम, हलेसी, मारातीका गुम्बा, बसाहा थान दर्शन एवं भ्रमणमा लगेर टोलीलाई विदाइ गरिएको संयोजक चाम्लिङले बताए।

कार्यक्रमका सहभागी पाहुनालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको चार, हलेसी तुवाचुङ नगरपालिकाको चार तथा अन्य आठ गाउँपालिकाको एक÷एक वटा ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको तस्बिर समेटिएको फोटो मायाँको चिनो प्रदान गरिएको छ।

धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका माध्यमबाट भ्रमण वर्षको बेला जिल्लामा कम्तीमा एक लाख पर्यटक भित्र्याउने वातावरण बनाइने महासंघले दावी गरेको छ।

 

प्रकाशित: १२ पुस २०७६ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App