coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्युत् चोरी गर्ने ३३ जना पक्राउ

वीरगन्ज- नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पर्साले गएराति जिल्लाको विभिन्न ठाउँमा छापा मारी विद्युत् चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।

जिल्लाको उदयपुर घुर्मी, कुमठी र जगन्नाथपुरमा विद्युत् चोरी गरी बत्ती बाल्ने ३३ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय श्रीपुरमा पठाइएको प्राधिकरण प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए।

प्राधिकरणका कर्मचारी तथा सुरक्षाकर्मीको संयुक्त टोलीले एउटा स्टेबिलाइजर पनि बरामद गरेको छ। पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत् चुहावट रोक्न प्राधिकरणले कडाइका साथ कारबाही प्रक्रिया अघि बढाएको छ। रासस

 

प्रकाशित: ४ पुस २०७३ ११:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App