coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालिका गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी मुद्दा

खोटाङ– खोटाङमा १६ वर्षीय भतिजिलाई गर्भवती बनाएर अर्कैसँग विवाह गराइदिने युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको छ।

साईनोमा भतिजि पर्ने बालिकालाई बलात्कार गरेर गर्भवती बनाएर अन्दाजी ४० वर्षका विधुर पुरुषसँग विवाह गराइदिने खोटेहाङ गाउँपालिकाका २१ वर्षका एक युवाविरुद्ध हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको हो। अभियुक्त फरार रहेकै समयमा हाडनाता करणी अन्तरगतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए।

गत पुस ९ गते मुद्दा दर्ता भएपछि फरार अभियुक्तको खोजी भइरहेको छ। उनले घटना ढाकछोप गरेर आफू जोगिन् विधुर पुरुषलाई रकम दिएर फकाएर गर्भवती बालिका जिम्मा लगाएको स्राेतले बताएको छ। पीडितको परिचय खुल्ने भएकाले पिडक र पिडितको नाम तथा ठेगाना गोप्य राखिएको छ। बालिका गर्भवती भएको पुस २ गते सार्वजनिक भएको थियो।

स्राेतका अनुसार उनले घटना सामसुम पार्न पीडितलाई ‘कसैलाई नभन्न’ दबाव दिएका थिए। जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परिक्षण गर्दा बालिकाको गर्भमा ३२ हप्ताभन्दा बढिको बच्चा रहेको देखिएको प्रहरीले जनाएको छ। बालिकालाई गर्भवती बनाउने युवा पनि विवाहित हुन्। घटना बाहिरिएपछि आफ्नै दाजुभाईले बहिस्कार गरेकाले उनले परिवारसहित गाउँ छाडिसकेको जनाइएको छ।

पीडित हुँदाहुँदै पनि समाजकै अगुवाको दबावमा छोरीलाई अर्को पुरुषको जिम्मा लगाउन बाध्य हुनुपरेको भन्दै बालिकाका बाबु सम्पर्कविहीन बनेको स्थानीयले बताएका छन्। उनले एक पटक न्यायका लागि सल्लाह मागेको सो वडाका वडाध्यक्षले बताए। ‘छोरी गर्भवती भएको थाहा पाएपछि पीडितका बाबुले मलाई सल्लाह मागेको थियो,’ वडाध्यक्षले भने, ‘मैले कानूनी उपचारमा जानु भनेको थिए। पछि आ–आफू बसेर मिलाए छन्।’

पैसा लिएर गर्भवती बालिकालाई विवाह गर्ने पुरुषलाई भने प्रहरीले पुस ७ गते पक्राउ गरेको छ। पक्राउ परेका उनीविरुद्ध बालविवाह अन्तरगतको मुद्दा दर्ता भएको प्रहरी निरीक्षक खेरवारले बताए।

प्रकाशित: १२ पुस २०७६ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App