७ वैशाख २०८१ शुक्रबार
समाज

विप्लवका मिथिला स्वायत जनपरिषद् सहइन्चार्ज पक्राउ

लहान- विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका सिरहा जनसरकार प्रमुख एवं  मिथिला स्वायत जनपरिषद् सहइन्चार्ज ५४ वर्षीय भक्तबहादुर कार्की ‘मौसम’लाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार सिरहाबाट पक्राउ परेका कार्कीको साथबाट प्रहरीले दस्तावेज र चन्दा रसिद बरामद गरेको छ।

चन्दा असुली, विस्फोटलगायत गतिविधिमा संलग्न कार्कीलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भैरहेको प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए।

प्रकाशित: १२ पुस २०७६ ०९:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App