धरानको कार्यपालिका बैठक नेकपा पक्षद्वारा बहिष्कार

शनिबार, १२ पुष २०७६, १५ : १३ रोहित राई

धरान- मंसिर १४ गतेको उपनिर्वाचतबाट विजयी मेयर तिलक राईले बोलाएको पहिलो कार्यपालिका बैठक नेकपा पक्षका उपमेयरसहित कार्यपालिका सदस्यहरुले बहिष्कार गरेका छन्।

नेकपा पक्षबाट बहिष्कार भएपछि शुक्रबारको कार्यपालिका बैठक आवश्यक कोरम नपुगेर स्थगित भएको छ। बैठक स्थगित भएपछि उपमेयर मञ्जु भण्डारी सुवेदीसँग छलफल गरेर आउदो सोमबार बिहान पुनः बैठक राखिएको छ। नेकपाले बहिष्कार गर्दा नवनिवार्चित मेयर राईले पदभार ग्रहण गरेलगत्तै कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न विशेषज्ञ सम्मिलित कार्यदल गठन गर्ने निर्णय पनि स्वीकृत हुन पाएन।

यस्तै, यही पुस २० गतेसम्म ३ दिन धरान डे(स्थापना दिवस) मनाउने तयारीलगायत विभिन्न प्रस्तावहरु पनि सोमबारसम्मलाई थाती रहेको छ।

स्रोतका अनुसार बैठकमा नेकपा पक्षका एक जना पनि कार्यपालिका सदस्य उपस्थित भएनन्। प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले गणपुरक संख्या नपुगेर सोमबार बिहान बैठक बस्ने गरी स्थगित भएको जानकारी दिए। ‘गणपुरक संख्या नपुगेर बैठक स्थगित भएको हो, बैठक बसेन भनौ भने पुस १४ गते बिहान ८ बजे बैठक बस्ने निर्णय भएको छ,’पोखरेलले भने।

धरानका मेयर तिलक राईले भने नेकपा पक्षबाट बहिष्कार नभएको दावी गरे। उनले कार्यपालिका सदस्यहरुले नवनिवार्चित मेयरलाई बधाई, शुभकामना दिने तयारी नपुगेकोले बैठक स्थगित गर्न आग्रह भएवमोजिम स्थगित गरिएको प्रतिक्रिया दिए। ‘खासै ठूलो एजेण्डाहरु पनि थिएन। कार्यपालिका सदस्यहरुले नयाँ मेयरलाई बधाई र स्वागत गर्नुपर्ने थियो, आवश्यक तयारी पुगेन भन्ने कुरा आयो, र स्थगित गरिएको हो,’मेयर राईले भने।

नेकपाका १२ नं वडाअध्यक्ष एवं कार्यपालिका सदस्य टंक राईले भने मेयर राईले उपमेयरसँग आवश्यक समन्वय नगरी बैठक राखेको र आवश्यक तयारी पनि नपुगेकोले बैठकमा उपस्थित नभएको प्रतिक्रिया दिए। ‘उमेयर ज्यूसँग पनि एजेण्डाहरुबारेमा आवश्यक समन्वय र सल्लाह भएको रहेनछ, त्यसैले हामीलाई बैठकमा जान सहज नभएकोले नगएका हौं,’उनले भने।

अर्का, कार्यपालिका सदस्य एवं वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले पनि कार्यपालिका बैठक मेयर, उपमेयर प्रमुख प्रशासकीय अधिकृतबीच समन्वय, सल्लाह भएर राखिनुपर्नेमा त्यस्तो नभएकोले बैठकमा नगएको बताए। ‘नियमत: ७२ घण्टा अघि बैठकको एजेण्डा दिनुपर्ने हो, हामीलाई हिजो बिहिबार मात्र दिइयो,’उनले भने।

कुल ३० सदस्यीय कार्यपालिकामा नेकपाबाट उपमेयरसहित २४ जना सदस्य छन् भने कांग्रेसबाट मेयरसहित ६ जना मात्र सदस्य छन्। धरानको २० वटा वडाका अध्यक्षहरु कार्यपालिका सदस्य हुन्छन् भने ८ जना नगरसभाबाट निवार्चित भएका छन्।
 




यसमा तपाईको मत

अन्य समाचार

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

३० हजार मुनिका उत्कृष्ट मिडरेन्ज एन्ड्रोइड स्मार्टफोनहरू (२०२०)

नेपाली बजारमा उपलब्ध भएका र लगभग ३० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad