६ वैशाख २०८१ बिहीबार
समाज

वडाध्यक्षको संलग्नतामा स्थानीयमाथि कुटपिट

रामेछाप- जिल्लाको मन्थली नगरपालिका १० चनखुमा शुक्रबार साँझ सडक खन्ने क्रममा झरेको माटोको विषयमा भएको सामान्य विवादमा वडाध्यक्षकै संलग्नतामा एक सर्वसधारणले कुटाइ खाएका छन्। वडाध्यक्ष भरत बोहोराले स्थानीय ५० वर्षिय देवीबहादुर बोहोरालाई कुटेका छन्।

बाटो खन्ने क्रममा खेतमा झरेको माटो पन्छाइदिनु भनेर बोहोराले अनुरोध गर्दा वडाध्यक्षले हुदैन भनेपछि आफुले जसरी पनि हटाइ दिनुपर्छ भन्दा वडाध्यक्षले एक्कासी नाकमा एक मुक्का हानेको घाइते बोहोराले बताए। मुक्काको रन्कोमा म ढले, पछि अरुले पनि पछाडिबाट धैरे कुटेको उनले बताए। वडाध्यक्षसहितको नेतृत्वले गरेको कुटाइबाट घाइते बनेका बोहोराको सदरमुकाम मन्थलीस्थित तामाकोशी अस्पताल मन्थलीमा उपचार भइरहेको छ।

कुटपिटबाट आफ्नो ढाड तथा कम्मर चलाउन समस्या भएको बोहोरा बताउँछन्। घटनाको विषयमा मौखिक जानकारी प्राप्त भएको घाइतेको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोषकुमार भट्टराइले जानकारी दिए। उपचार पश्चात घाइतेको निवेदन वा जाहेरीको आधारमा कारवाही अघि बढाइने भट्टराइले जानकारी दिए।

यता भने वडाध्यक्ष भरत बाहोराले आफूले नकुटेको बताए। उनले भने बोहोराले मादक पदार्थ सेवन गरी गाली बेइजत गरेकोले सम्झाएर घर पठाएको बताए। घरमा गएपछि मादक पदार्थ सेवन गरेर आएको भन्दै श्रीमतीले धकेल्दा लडेको बोहोराले बताए। यसअघि पनि जात्रामा जाने क्रममा लडेर ढाडमा समस्या भएका निज व्यक्तिले अहिले बहाना बनाएको वडाध्यक्षको दावी थियो।

प्रकाशित: १२ पुस २०७६ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App