साउदी अरबका राजकुमारसहित १५० जनालाई फाँसीको सजाय

सोमबार, ०४ पुष २०७३, १६ : १४ एजेन्सी

रियाद–साउदी अबर लगातार दोस्रो वर्ष १५० जनालाई फाँसी दिने देश हुने भउको छ। यो वर्ष साउदी अबर सरकारले १५० जनालाई फाँसीको सजाय सुनाइसकेको छ। ती मध्ये केहीलाई फाँसी दिइसकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  गतवर्ष साउदी अरबको सरकारले १५८ जनालाई फाँसीको  सजाय दिएको थियो। २०१४ मा ८७ जनालाई फाँसी दिइएको थियो। साउदी सरकारले राजकुमारलाई पनि फाँसीको सजाय दिइसकेको छ।

मानवअधिकारवादी संगठन रिप्रिवको रिपोर्ट अनुसार साउदीको गोप्य अदालतमार्फत दोषीलाई सजाय दिने गरिन्छ। तर त्यसको विवरण  सार्वजनिक गरिँदैन। धेरै जसो फाँसीको सजाय लागु औषध ओसार पसार, मानव तस्कर तथा राजनीतिक हत्या गर्नेलाई दिने गरिएको छ। साउदी जस्तै अन्य खाडी मुलुकमापनि फाँसी दिने गरिन्छ।

खाडी मुलुक जँहा फाँसीको सजाय धेरै दिइन्छ, तर अन्य विश्वभरका दुई तिहाइ मुलुकमा फाँसीको कानुन रद्द गर्ने प्रक्रियामा छन्। अमेरिकामा पनि १८ राज्यले फाँसीको सजाय रद्द गरिसकेका छन्। एसियाका धेरै मुलुकमा पनि फाँसी दिने कानुन रद्द गर्नुपर्ने विषयमा चर्को वहश हुन थालेको छ। २०१५ मा विश्वभरमा १ हजार ६ सय ३४ जनालाई फाँसी दिइएको छ। एमनेस्टि इन्टरनेशनलका अनुसार गत वर्ष दिइएको फाँसी सन १९८९ पछिकै सबैभन्दा बढी हो।

साउदी सरकारले यही वर्ष हत्याको आरोपमा शाही परिवारका एक राजकुमारलाईसमेत फाँसी दिएको छ। फाँसी दिएका राजकुमारको नाम  तुर्की बिन सउद अल करिब हो। उनीमाथि साउदी नागरिक आदिल अल मोहम्मदलाई गोली हानी हत्या गरेको अभियोग लागेको थियो।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad