८ वैशाख २०८१ शनिबार
अन्य

पहिरोले ‘काल’ बन्दै मध्यपहाडी लोकमार्ग

निर्माणधीन मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी सडकखण्ड ।

सिन्धुली–बर्खायाममा झरेको पहिरो नपन्छाउँदा मध्यपहाडी लोकमार्ग जोखिमपूर्ण बन्दै गएको छ। जताततै खसेको पहिरो सफा नगर्दा सडक साँघुरो भएपछि मध्यपहाडी लोकमार्ग नै काल बन्दै गएको स्थानीयको बुझाइ छ।

मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको खुर्कोटदेखि घुर्मीसम्म ४०  भन्दा बढीस्थानमा ठूलो पहिरो झरेको भएपनि सामान्य गाडी छिर्नेमात्रै बनाएर पहिरो सफा गर्ने काम भएको स्थाीनयले बताएका छन्।  मध्यपहाडी लोकमार्ग अन्र्तगत सिन्धुलीको वितिजोर गाविसका दौलत कार्की पहिरै पहिरो भएकाले दुर्घट्ना बढ्दै गएको बताउँछन्।
 ‘पहिरो र जोखिम धेरै छ, सम्बन्धित निकायले त्यसलाई बनाउन ध्यान दिएको छैन, त्यसैले पछिल्लो समय राजमार्ग नै ‘काल’ बन्दै गएको छ,’ उनले भने।

मध्यपहाडी लोकमार्गको वागेश्वरीस्थित अक्करे भिरमा सँधै पहिरो जाने गरेको छ। बर्खामा बर्खे पहिरो र हिउँदमा सुख्खा पहिरो खस्दा त्यहाँको बाटो सँधै जोखिमयुक्त हुने स्थानीयको बताउँछन्। पहिरो पन्छाएर राजमार्गमा सहजता ल्याउनुको साटो निर्माणको जिम्मा लिएका ठेकेदारले वर्षौदेखि काम नगर्दा थप जोखिम बढेको स्थानीयको भनाइ छ।

भुवनेश्वरीको मुर्किबेशी, वितिजोरको सुलिभन्ज्याङलगायतको स्थानमा सडक निर्माण गर्नकालागि जिम्मेवारी लिएको  वर्षौं बित्दासमेत ठेकेदारले काम सम्पन्न गरेका छैन्।
सिन्धुलीको खुर्कोटदेखि घुर्मीसम्म ६० किलोमिटर रहेको राजमार्ग कालोपत्रे गर्न अझै १६ किलोमिटर रहेको आयोजनाले जनाएको छ। तर कालोपत्रे गर्न गरी निर्माण सम्पन्न गरेकै राजमार्गमा हिउँदमा सुख्खा पहिरो र बर्खामा थप पहिरो खस्दा राजमार्गमा दुर्घट्ना बढ्दै गएको छ।

खाङसाङ गाविसको कुहिरे भिर ढांडे डाँडामा लोकमार्गमा माथिबाट सुख्खा पहिरो आइ बाटो सँधै अवरोध हुने गरेको स्थानीयले बताए।  खाङसाङका एक स्थानीयका अनुसार निर्माण सम्पन्न भइसकेको बाटोलाई मर्मत सम्भार तथा पहिरो सफा गर्न ध्यान नदिँदा पहिरोकै कारण धेरै दुर्घटना हुने गरेको छ। ‘आइतबार सात जनाको ज्यान जाने गरी दुर्घटना भएको स्थानमा पनि ठूलो पहिरो छ,’ ती स्थानीयले भने, ‘पहिरो काट्ने बित्तिकै दुर्घटना भएको हो।’  मध्यपहाडी लोकमार्गमा सँधै पहिरो खस्दा उच्च जोखिम रहेको जिल्ला प्रहरी प्रमुख एसपी उमाशंकर पञ्जियार बताउँछन्।

नेपालको लागि राष्ट्रिय गौवबको आयोजना भनेपनि पहिरो र जोखिमलाई ध्यान नदिँदा कालको आयोजना भएको उनको टिप्पणी छ ।     ‘आइतबार गाडी दुर्घटना भएको स्थानसम्म पुग्दा म आफैलाई कहिको पहिरोको जोखिममा पर्छुकी झैं डर भयो,’ उनले भने, ‘जताततै पहिरै पहिरो छ, कँही सफा भएको छैन। ट्रयाक खोल्दा र कालोपत्रे गर्दा राजमार्ग फराक भएपनि पहिरो सफा नगर्दा साँघुरो बन्दै गएको उनको भनाइ छ।

‘सम्बन्धित निकायले बेलैमा ध्यान दिनुपर्छ होइन भने राजमार्गकै कारण अर्को क्षति हुनसक्छ,’  उनले थपे। एकै दिन २० ओटा भन्दा बढी मेसिन लगाएर पहिरो सफा गरेपनि तत्कालै गर्न नसकिने गरी पहिरो राजमार्गमा खसेको स्थानीयको भनाइ छ । खुर्कोटदेखि घुर्मीसम्म ६० किलोमिटर सडक खण्डअन्र्तगत १६ किलोमिटर कालोपत्रे गर्न बाँकी भएपनि ८ किलोमिटर केही महिनामै सम्पन्न हुने आयोजनाले जनाएको छ।

अघिअघि आयोजनाले कालोपत्रे गर्दै गएपनि निर्माणसम्पन्न भएको सडक भने जोखिमयुक्त बन्दै गएको एसपी पञ्जिायरले जनाए। उता आयोजनाले भने, एक्स्काभेटर जेसिभिलगायतको ठूला मेसिन आफूहरुसँग नहुँदा सफा गर्न ढिलाई भएको बताएको छ। मध्यपहाडी राजमार्ग आयोजनाका इन्जिनियर अशोक श्रेष्ठ आयोजनासँग सफा गर्ने र मर्मत गर्ने मेसिन नहुँदा मर्मत सम्भार गर्न नसकिएको बताउँछन्। ‘अब केही समयपछि सफा गर्ने योजनामा छौं, तर हामीसँग मेसिन छैन, सबै ठेक्कामा गरेकाले समस्या भएको छ,’ उनले भने ।

प्रकाशित: ४ पुस २०७३ ०९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App