८ वैशाख २०८१ शनिबार
राजनीति

बन्द फिर्तापछि गुल्मीको जनजीवन सामान्य बन्दै

तम्घास (गुल्मी)- सरकारले प्रदेश टुक्राउन लागेको भन्दै त्यसको विरोधमा आह्वान गरिएको गुल्मी बन्द आज बिहान ११ बजेदेखि फिर्ता भएको छ । गुल्मी बन्दको २०औँ दिनमा आन्दोलन फिर्ता भएपछि जिल्लाको जनजीवन सामान्य बन्दै जान थालेको छ ।

मङ्सिर १५ गतेदेखि निरन्तर रुपमा बन्दको आह्वान गरी जिल्लामा धर्ना र प्रदर्शन जारी राखेको संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन फिर्ता लिएको घोषणा गरेको हो ।

सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बन्दको कार्यक्रम फिर्ता लिए पनि प्रशासन कार्यालय धर्नाको कार्यक्रमलाई भने मङ्गलबार बिहान ११ बजेसम्म जारी राख्ने बताए।

बन्द खुलेपछि यातायात सेवा सञ्चालन भएको छ भने बजार, तथा कलकारखाना, शिक्षण संस्था एवम् सरकारी कार्यालय सञ्चालन भएका छन् । रासस

प्रकाशित: ४ पुस २०७३ ०९:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App